कर्णाली प्रदेशमा प्रांगारिक कृषि विधेयक टेबुल

सुर्खेत, १८ फागुन /कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रांगारिक कृषि विधेयक टेबुल गरिएको छ ।
कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले “कर्णाली प्रदेश प्रांगारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ आज कर्णाली प्रदेश सभामा टेबुल गर्नुभएको हो ।


सैद्धान्तीक छलफल सकियो
कर्णाली प्रदेश सभाको आज वसेको वैठकमा “कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथीको सैद्धान्तीक छलफल सकिएको छ ।
विधेयकको छलफलमा भाग लिदै प्रदेश सभा सदस्यहरुले विधेयकमा प्रकाशन सम्बन्धी ब्यवस्था पनि समेटन सुझाव दिनुभएको छ ।
प्रदेश सभा सदस्य सिताकुमारी नेपालीले प्रकाशन संग सम्बन्धीत विधेयक वा यसैमा समावेश गरेर ल्याउने हो सरकारले प्रष्ट पार्नुपर्ने वताउनुभयो । फेसवुक र सामाजिक सञ्जालले समाजमा विकृती ल्याएको भन्दै सांसद नेपालीले यसलाई नियमन गर्ने खालको कानुनको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो परिवारका सदस्यहरुले संगै वसेर हेर्न नमिल्ने खालका कार्यक्रमहरु आइरहेको भन्दै यसलाई तत्काल नियमन गरि परिवारका सवै सदस्यहरुले संगै वसेर हेर्न मिल्नेखालका कार्यक्रमहरु हुनुपर्ने धारण राख्नुभयो । विभिन्न विज्ञापनहरुमा धेरै जसो महिलाहरुको प्रयोग गरिएको छ, महिलाहरुलाई विज्ञापनको साधनको रुपमा प्रयोग गर्नु राम्रो नभएको भन्दै तत्काल यसलाई रोक्नुपर्ने उहाँको भनाई थियो ।
छलफलमा भाग लिदै सांसद विन्दमान विष्टले मन्त्रालय भन्दा नियमनकारी निकाय फरक हुनुपर्ने वताउनुभयो । मन्त्रालय सवैको अभिभावकको हुनुपर्छ र हरेक गतिविधिहरुको नजिकैवाट नियमन गर्नका लागी अलग्गै निकायको ब्यवस्था गर्नुपर्ने सु्झाव दिनुभयो । विधेयकमा संञ्चार माध्यम संचालन गर्दा पत्रकारहरुको जनशक्तिको अवस्था र उनिहरुको लागी क्षमता अभिवृद्धि सम्बन्धी ब्यवस्था गर्नुपर्ने सांसद विष्टको भनाई छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५     11:02:31 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *