कर्णालीमा साढे चार लाख पर्यटक


सुर्खेत ८, बैशाख /कर्णाली प्रदेशमा साढे चार लाख पर्यटकले भ्रमण गरेका छन । कर्णाली प्रदेशको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २०७५ बैशाख १ गते देखि २०७६ बैशाख १ गते सम्म कर्णालीमा चार लाख ७६ हजार एक सय ५५ जना आन्तरिक तथा वाह्य पर्यटकहरुले भ्रमण गरेको सार्वजनिक गरिएको हो ।
कर्णाली रारा पर्यटन वर्ष २०७५ शुभारम्भ भए देखि कर्णालीमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको कर्णाली प्रदेशका उद्योग, पर्यटन ,वन तथा वातावरणमन्त्री नन्दसिंह वुढाले जानकारी दिनुभयो ।
कर्णालीमा चार लाख ५४ आठ ६४ आन्तरिक र २१ हजार दुई ९१ जना वाह्य पर्यटक गरि चार लाख ७६ हजार एक सय ५५ जनाले भ्रमण गरेको मन्त्री वुढाले जानकारी दिनुभयो । मन्त्रालयले सार्वजनिक तथ्याङक अनुसार सबै भन्दा धेरै सुर्खेतमा एक लाख ६२ हजार आठ सय ६१ र सबैभन्दा कम रुकुम पश्चिममा छ हजार छ सय ५८ जना आन्तरिक पर्यटकले भ्रमण गरेका छन ।
त्यस्तै जुम्ला ७७ हजार छ सय १४, जाजरकोट ५८ हजार पाँच सय ६५, दैलेख ३८ हजार छ सय ६८, सल्यान ३६ एक सय पचास जनाले भ्रमण गरेका छन । मन्त्री वुढाका अनुसार कालीकोट ३१ हजार तिन सय ५७ , हुम्ला २० हजार पाँच सय ४५, मुगु १३ हजार सात सय ९५ र डोल्पा आठ हजार तिन सय ५४ जनाले भ्रमण गरेका छन ।
कर्णालीमा वाह्य पर्यटक ३४ प्रतिशतले वृद्धि
कर्णाली प्रदेशमा भ्रमण गर्ने वाह्य पर्यटकहरुको संख्या आ.व.२०७४÷०७५ को तुलनामा यो वर्षमा ३४ प्रतिशतले वृद्धि भएको कर्णाली प्रदेशका उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले जानकारी दिनुभयो ।
अघिल्लो वर्षमा कर्णालीमा १५ हजार आठ सय ६४ जना वाह्य पर्यटकले भ्रमण गरेका थिए भने यो वर्षमा २१ हजार दुइ सय ९१ जनाले भ्रमण गरेको सचिव प्रधानले वताउनुभयो । सचिव प्रधानका अनुसार यो वर्षमा सबैभन्दा धेरै हुम्लामा १७ हजार चार सय ८९ जना वाह्य पर्यटकले भ्रमण गरेका छन, भने सबैभन्दा कम जाजरकोटमा सात जनाले भ्रमण गरेका छन ।
त्यस्तै डोल्पामा दुइ हजार छ सय ८८, सुर्खेतमा छ सय ५४, मुगुमा तिन सय ३४ ,जुम्लामा ६२, कालीकोटमा २१, दैलेखमा १४, रुकुम पश्चिममा १३ जना र सल्यानमा नौ जनाले भ्रमण गरेका छन ।

कर्णालीमा एक सय एक पर्यटकिय गन्तब्य सार्वजनिक गरिने
कर्णालीमा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरिने सचिव प्रधानले जानकारी दिनुभयो । कर्णाली प्रदेश भित्र रहेका विभिन्न पर्यटकिय स्थलहरुको पहिचान गरेर कर्णालीका एक सय एक पर्यटकिय गन्तब्य सार्वजनिक गरिने वताउनुभयो । प्रदेश भित्रका सबै स्थानीय तहहरुमा रहेका पर्यटकिय स्थलहरुको मापदण्ड वनाएर पहिचान गरिने उहाँको भनाई छ । कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद बैठकले गरेको निर्णय वमोजिम २०७५ बैशाख एक गते रारामा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली रारा पर्यटन वर्ष २०७५ शुभारम्भ गर्नु भएको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६     4:54:36 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *