सुर्खेत ३ असोज / सरकारले विभिन्न क्षेत्रमा योगदान र्पुयाउने व्यक्तिहरुलाई संविधान दिवस २०७६ को अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरेको छ ।
यहि अवसरमा सरकारले जाजरकोटका सभासद माया प्रसाद शर्मा आचार्यलाई पनि सम्मान गरेको छ । नेपाल सरकारले भेरी नगरपालिका ११ जाजरकोट निवासी शर्मालाई सु प्रवल जनसेवा श्री तृतिय पदकले सम्मानित गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य रहेका शर्मा पहिलो सविधान सभाका सदस्य भएका थिए ।
गृह मन्त्रालयका अनुसार शर्मासंगै यो वर्ष सुप्रवल जनसेवाश्री पदकवाट ११३ जना विभूषित हुने भएका छन । संविधान दिवसको अवसरमा यो वर्ष ६ सय ३४ जनालाई विभिन्न पदकद्वारा विभूषित गरिएको छ ।
रक्षामन्त्रीको अध्यक्षतामा विभूषण छनोट समिति गठन गरिएको थियो । समितिले अन्तिम नामावली पठाएपछि मंगलबार साँझ वसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।