कर्णालीमा ३० संक्रमित थपिए


गणेश शर्मा
सुर्खेत २६,भदौ / कर्णाली प्रदेशमा कोरोना भाइरसका ३० जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा शुक्रवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३० जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय ५५ पुगेको छ ।
प्रदेश अस्पताल कालागाँउ सुर्खेत, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतका ९ जना, कालीकोटका २ जना, दैलेखका ३ जना, जुम्ला ३ जना, सल्यानका २ जना रहेका छन । मन्त्रालयका अनुसार वर्दियाका ४ जना, जाजरकोटका १ जना, हुम्लाका १ जना, रुकुम पश्चिमका १ जना, काठमाण्डौका १ जना, ताप्लेजुङ्गका १ जना, ललितपुरका १ जना र गुल्मीका १ जना रहेका छन । संक्रमित हुनेमा  ३ जना पत्रकार समेत रहेको मन्त्रालयले जनाएको छ ।


कोरोना जितेर १५ जना घर फर्के
पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १५ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर डिस्चार्ज हुने २ हजार ३ सय ७९ जना रहेका छन । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतवाट ८ जना र वीरेन्द्रनगर आइसोलेशन सेन्टर सुर्खेतवाट ७ जना रहेका छन ।
प्रदेशभर सक्रिय संक्रमित ३ सय ७० जना रहेका छन । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः 2020-09-11     10:30:40 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *