कर्णालीमा २१ जनालाई कोरोना संक्रमण


सुर्खेत २७,भदौ / कर्णालीमा प्रदेशमा शनिवार थप २१ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सात सय ७६ पुगेको छ ।
तीन जना थुनुवा संक्रमित
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्र्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन । उनीहरूको स्वाब जनस्वास्थ्य कार्यालय सुर्खेतको परिसरबाट संकलन गरिएको थियो ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६ जना, दैलेख ५ जना, बर्दियाका ३ जना, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका १÷१ जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।
कर्णालीमा १६ जनाले कोरोना जिते
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन ।
पछिल्लो २४ घण्टामा ठाँटीकाँध आइसोलेशन सेन्टर दैलेखवाट १ जना, मुसीकोट आइसोलेशन सेन्टर रुकुम पश्चिमवाट ६ जना,वनागाड आइसोलेशन सेन्टर सल्यानवाट ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट ६ जना रहेका छन ।
यो सँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेहरुको कुल संख्या दुई हजार तीन सय ९५ जना पुगेको छ । कर्णालीमा संक्रिय विरामीको संख्या तीनसय ७५ जना रहेको कंडेलको भनाई छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७     11:45:35 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *