कर्णाली प्रदेशमा जेठ मसान्तसम्म २६ प्रतिशत मात्रै वजेट खर्च

दिपेन्द्र शर्मा
सुर्खेत ३ असार/ कर्णाली प्रदेशको वजेट खर्च २६ प्रतिशत मात्र भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्त सम्म आउदा २६ दशमलव ९१ प्रतिशत मात्रै वजेट खर्च भएको छ ।
आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्म आउदा रु नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो । जसमा चालु तर्फ रु १४ अर्व ६७ करोड २२ लाख ३२ हजार मध्ये चार अर्व ४१ करोड ४४ लाख ८० हजार तथा पुजिगत तर्फ रु १९ अर्व छ करोड ९१ लाख २१ हजार मध्ये रु चार अर्व ६६ करोड ४७ लाख ८२ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानवहादुर वमले जानकारी दिनुभयो ।

गत आव २०७६÷०७७ मा जेठ मसान्त सम्मको खर्च भन्दा चालु आवमा ६ दशमलव ६६ प्रतिशतले वृद्धि भएको प्रमुख वमले वताउनुभयो । उहाँका अनुसार गत आवको जेठ मसान्त सम्म कर्णाली प्रदेशको खर्च २० दशमलव २५ मात्र भएको थियो । चालु खर्चमा २९ दशमलव ८४ तथा पुजिगत खर्चमा १४ दशमलव ३७ रहेको थियो । गत आवको अन्त्य अर्थात असार महिनामा मात्र रु १० अर्व खर्च भएको थियो । आलु आवको अन्तिम महिना असारमा करिव ११ अर्व सम्म थप वजेट खर्च हुने अनुमान गरिएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।
वढि खर्च गर्नेमा सामजिक विकास मन्त्रालय
कर्णाली प्रदेश सरकारका मन्त्रालयहरुमा सवैभन्दा वढि खर्च गर्नेमा सामजिक विकास मन्त्रालयको ३५ दशमलव ३८ रहेको छ भने सवै भन्दा कम खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको ३ दशमलव ९८ प्रतिशत रहेको छ । त्यस्तै भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ३३ दशमलव २३, भौतिक पुर्वाधार विकास मन्त्रालयले ३१ दशमलव ५८, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले २८ दशमलव २२ प्रतिशत खर्च गरेका छन । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २७ दशमलव ९४ तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ८ प्रतिशत खर्च गरेको प्रमुख वमले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेशसभा सचिवालयले ८८ दशमलव ७३, मुख्यन्यायधिवक्ताको कार्यालयले ७३ दशमलव ४३, कर्णाली प्रदेश योजना आयोगले २७ दशमलव ५९ र कर्णाली प्रदेश लोक सेवा आयोगले १३ दशमलव ९८ प्रतिशत खर्च गरेका छन । त्यस्तै कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका स्थानीय तहलाई दिने विभिन्न अनुदान तर्फ ४२ दशमलव ८७ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशको आ.व २०७७÷०७८ को जेठ मसान्त सम्मको राजश्व संकलन रु पाँच अर्व ९७ करोड १२ लाख ५७ हजार दुइ सय ११ भएको प्रमुख वमले जानकारी दिनुभयो । प्रमुख वमका अनुसार कर्णाली प्रदेशको आ.व २०७६÷०७७ को जेठ मसान्त सम्मको राजश्व संकलन रु चार अर्व २१ करोड ३९ लाख ३४ हजार चार सय २९ रहेको थियो । गत आव भन्दा कर्णालीमा यस आवको जेठ मसान्त सम्म रु एक अर्व ७५ करोड ७३ लाख २२ हजार सात सय ८१ रुपैया वढि संकलन भएको छ ।
गत आवमा सम्झौता भएका , क्रमागत तथा वहुवर्षिय योजनाको भुक्तानी चालु आवमा हुदा अघिल्लो आव भन्दा यो आवमा जेठ मसान्त सम्म खर्च वढेको वमले जानकारी दिनुभयो । कोभिड महामारी ,खर्च नहुने योजनामा वजेट विनियोजन हुनु, तयारी विनाको आयोजनामा वजेट विनियोजन हुनु, स्थानीय तहवाट कार्यान्वयन हुने योजनाको वाँडफाँड समयमा नहुनु जस्ता कारणले कर्णालीको वजेट खर्चचमा कमी रहेको वताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा दोस्रो चौमासिकको काम नहुनुले पनि वजेट खर्चमा कमी आएको हो । अनुगमन नहुनु, योजना छनौट हुनु निगरानी नहुनुले पनि वजेट खर्च कम हुने गरेको वमले वताउनुभयो ।

प्रकाशित मितिः 2021-06-17     5:09:12 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *