कर्णालीमा अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन

दीपेन्द्र शर्मा
सुर्खेत २० साउन / कर्णाली प्रदेश सरकारले तिनपांग्रे सवारी साधन अटोरिक्सा लाई ब्यवस्थित गर्ने भएको छ ।
प्रदेश सरकारको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले प्रदेशभित्र संचालन हुने अटोरिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा ब्यवस्थित गर्न लागेको हो ।
मन्त्रालयले तिनपांग्रे सवारी साधन अटोरिक्सा व्यवस्थित गर्नका लागी प्रदेश सरकारलाई आवश्यक सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका अधिकृतस्तर सातौ तहका भीमबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा यातायात व्यवस्था कार्यालय सुर्खेतका आनन्द चपाई, जिल्ला प्रसासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत सम्शेर राना, वीरेन्द्रनगर नगरपालिकाका नमराज गिरी र सदस्य सचिवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य रहेको छन ।
अटोरिक्सालाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी साउन महिना भित्र मन्त्रालयलाई प्रतिवेदन पेश गर्न कार्यदललाई समय दिइएको कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापाले जानकारी दिनुभयो । मन्त्री थापाका अनुसार कार्यदलले अटोरिक्साको भाडादर निर्धारण, रुट व्यवस्थापन, कुनै एक स्थानीय तहमा दर्ता भै अर्को स्थानीय तहमा संचालन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।
त्यस्तै कार्यदलले अटोरिक्सा पार्किङ्ग ब्यवस्थीत गर्न, ट्राफिक जनशक्तिको थप व्यवस्थापन सम्बन्धी अध्ययन गरि प्रतिवेदन तयार गरिने छ । कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले अटोरिक्सालाई व्यवस्थित गर्नका लागी आवश्यक प्रक्रिया थाल्ने मन्त्री थापाले जानकारी दिनुभयो । अध्ययन प्रतिवेदनका आधारमा अटोरिक्सालाई कसरी ब्यवस्थापन गर्न सकिन्छ र अहिलेको समस्या कसरी हल गर्ने भन्ने विषयमा मन्त्रालय अगाडी वढने उहाँको भनाई छ ।
कार्यदलले अध्ययन अवधीमा कम्तीमा १० वटा वैठक वस्न सक्नेछ । कार्यदलले आवश्यकता अनुसार सरोकारवाला निकायहरुसंग छलफल तथा समन्वय गरि अध्ययन प्रतिवेदन दिनेछ ।

प्रकाशित मितिः मङ्लबार, साउन १९, २०७८     5:05:24 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *