सुर्खेतमा शहिद दिवसको अवसरमा वृक्षारोपन

सुर्खेत २५, साउन /कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा सुर्खेतमा वृक्षारोपन गरिएको छ ।
कर्णाली प्रदेश स्थापनाका लागि ज्यान गुमाएका शहिदहरुको सम्झना स्वरुप छैटौं शहिद स्मृति दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।
कान्छो प्रदेशको रुपमा स्थापना भएको कर्णाली प्रदेश स्थापनाका लागी जीवनको बलिदानी दिने शहिदहरुको सम्झनामा याम बि.सी. स्मृति प्रतिष्ठान सुर्खेतको आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरको देउती बज्यै सामुदायिक बनमा बृक्षारोपण गरिएको हो ।
वृक्षारोपन कार्यक्रममा वोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानूनमन्त्री सिताकुमारी नेपालीले शहिदको वलिदानी वाट प्राप्त कर्णाली प्रदेश स्थापनाका लागी भएको आन्दोलन पहिचानको आन्दोलन भएको वताउनुभयो ।
प्रदेश आन्दोलन लगाएका परिवर्तनकारी आन्दोलनमा ज्यान गुमाउने तथा घाइते र अपांगका लागी प्रदेश सरकारले राहतको प्याकेज ल्याएको भन्दै मन्त्री नेपालीले शहिदको रगतको अवमुल्यन हुन नदिने प्रतिवद्धता जनाउनुभयो । शहिद तथा घाइते अपांगको सम्मान स्वरुप प्रदेश सरकारले जिवन निर्वाह भत्ता तथा राहत प्रदान गरिरहेको मन्त्री नेपालीले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री नेपालीले कर्णाली प्रदेश स्थापना गर्न आफनो ज्यानको वलिदानी गर्ने शहिदको भुमिकाको उच्च प्रसंशा गनुृभयो ।
कर्णाली प्रदेश प्राप्तीका लागी भएको प्रदेश आन्दोलनमा सुर्खेतका याम विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिवहादुर कुवरले ज्यान गुमाउनुभएको थियो ।

प्रकाशित मितिः सोमवार, साउन २५, २०७८     8:49:29 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *