जाजरकोटमा मास्क बैंक स्थापना गरिने


जाजरकोट २५ साउन / जाजरकोटमा विपन्न र असहाय समुदायका लागि मास्क बैंक स्थापना भएको छ । सवै विपन्न समुदायका व्यक्तिहरुले दिनहु मास्क किनेर लाउना असम्भव देखिएकाले मास्क बेैक स्थापना गर्न लागिएको यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिनुभयो ।
ए हजुर तपाईंको माक्स खोइ ?अभियान अन्तरगत आज आयोजित र्याली तथा मास्क वितरन कार्यक्रममा विपन्न समुदायको समस्यालाई ध्यानमा राखी यस मास्क बैंक स्थापनाको अवधारणा संस्थाले सवै सरोकारवालाहरुको समन्वयमा अगाडि वढाएको बस्नेतले जानकारी दिनु भयो । मास्क खोइ अभियानको समापन को क्रममा आयोजित कार्यक्रममा यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बसनेतले मास्क बेैक स्थापनाको घोषणा तथा जानकारी गराउनु भएको थियो ।
हुनेले दिऔं, नहुनेले लिऔं यस अवधारणा अन्तरगत सवै सँग सामाग्री तथा नगद योगदान लिएर सन्चालन गरिने छ । जिल्लास्तरिय कोभीड व्यवस्थापन समिति सँगको सम्पर्क समन्वय र रेखदेखमा यो मास्क बैंक सन्चालन गरिने छ । त्यसको लागि संस्थाले आफ्नो तर्फ वाट बैकमा १ हजार पीस मास्क जम्मा गर्ने यार्सन जाजरकोटले जानकारी दिएको छ ।
सो बैक स्थापनाको कार्य अगाडि वढिसकेको र हाल उपयुक्त स्थानमा कोठाको व्यवस्था नहुन्जेल सम्मको लागि यार्सन जाजरकोटको भेरी नगरपालिका ४ रामजानकी टोलमा रहको पाइला एफएम नजिकको कार्यालयमा सम्पर्क राख्नको लागि संस्थाले आहन गरेको छ । कार्यालयमा आएर नहुनेले मास्क लिने र सहयोगि दाताहरुले नगद वा जिन्सी सहयोग गर्न सकीने छ । यस मास्क बैक सन्चालन कार्यका लागि संस्थाले आफ्नो तर्फवाट १ जना स्वंसेवक परिचालन गर्ने जनाएको छ ।
साथै साप्ताहीक रुपमा आएको सहयोग र भएको सामाग्री खर्चको विवरण सार्वजनिक गरिने संस्थाले जनाएको छ । जिल्ला स्तरिय कोभीड व्यवस्थापन समिति का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाले जिल्लामा कोभिड १९ महामारीको तेस्रो भेरीयण्टको प्रभाव वाट वच्नको लागि मास्कको प्रयोग अनिवार्य भएको बताउनुभयो । मास्कको प्रयोग वाट नै कोभीड १९ वाट वच्ने उपाया मास्क भएकाले मास्क बैक स्थापना गर्नु नमुना कार्य हुने बताउनुभयो । अभियान अन्तरगत आजनै रकम र मास्क सहयोग को क्रम अगाडि वढिसकेको जानकारी यार्सनका कोभीड स्वंसेवक छवि राज सींह जानकारी दिनुभयो ।
यस अभियान अन्तरगत इच्छुक सहयोगि व्यक्ति तथा संस्थाहरुले यार्सन जाजरकोट मा ९८४८०२६९१२ मा सम्पर्क गर्न सकिने संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मितिः 2021-08-09     8:56:37 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *