प्रदिप वुढा
सुर्खेत १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।
एक सिट रहेको राप्रपाले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिएको राप्रपाका कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको । प्रदेशसभा सदस्य शाहीका अनुसार केन्द्रमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कर्णालीमा पनि समर्थन फिर्ता लिइएको हो ।
राप्रपाले कर्णाली सरकारलाई गरेको समर्थन फिर्ता लिदा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेत्ृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा नपरे पनि कानुन अनुसार सरकारलाइ समर्थन दिएको कुनै पनि दलले आफनो समर्थन फिर्ता लिए पछि सरकारले विश्वासको मत लिनुपर्ने ब्यवस्था रहेको छ । उक्त ब्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले १ महिना भित्र पुन ः विश्वासको मत लिनुपर्ने भएको छ ।