राष्ट्रपतिमा आधा कार्यकालको प्रस्ताव अस्वीकार गरे : अध्यक्ष नेपाल

सुर्खेत १५ फागुन / नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन । पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आएका अध्यक्ष नेपालले पत्रकारसंगको कुराकानीका क्रममा एमाले ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि आफुले अस्वीकार गरेको बताए । नेपाली काँग्रेस , माओवादी केन्द्र संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिवद्ध भएकोले उक्त दलवाट प्रस्तावीत नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले जानकारी दिए । चुनावमा जससँग गठबन्धन गर्दै आएको हो उसैलाइ साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठिक छ भन्ने कुरालाई अध्ययन गरेर सहयोग गरिएको नेपालको भनाइ छ ।
आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताउदै अध्यक्ष नेपालले संविधान, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको औल्याए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १६, २०७९     11:11:25 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *