राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाइ मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्र्टीका उपमहासचिव तथा संसदियदलका प्रमुख सचेतक प्रकाश जवालाले जानकारी दिए ।
उनका अनुसार बैठकमा देशमो पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश पाएन । सरकारमा जाने विषयमा पार्र्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको ज्वालाको भनाइ थियो । सरकारमा जाने विषयमा सकारात्मक रहेको भन्दै ज्वालाले त्यसमा जाने बेलामा छलफल गरिने वताए ।

राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ । त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन ।

प्रकाशित मितिः 2023-03-01     8:38:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *