सुर्खेत १७ फागुन/ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका छन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने उनले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ छ ।
अहिले सरकारमा जानेबारे र को को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काले वताए । गत पुस १० मा कमजोरी हुँदा नेकपा एमालेसहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्कीएको खड्काको दावी छ ।
उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोरयाएका छन । यो कुरा आफूले २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको उपसभापति खड्काको भनाइ छ ।