राकस निजामतीको सुर्खेत अध्यक्षमा अधिकारी निर्वाचित

दिपेन्द्र शर्मा

सुर्खेत २६, फागुन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेतको जिल्ला अध्यक्षमा रामभक्त अधिकारी निर्वाचित भएका छन । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेत जिल्लाको पाँचौं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ ।
नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद पाण्डे,दिनेश सापकोटा सचिवमा तिलक चालिसे ,कोषाध्क्षमा बिष्णु शर्मा र सहसचिवमा मनुरुप नेपाली निर्वाचित भएको निर्वाचन समितिका संयोजक शरन वहादुर वडुवालले जानकारी दिए । निर्वाचन समितिका संयोजक वडुवालका अनुसार कार्य समितिको सदस्यहरुमा विष्णु विसी, हरिभक्त बिश्वकर्मा, देव बहादुर गुरुङ्ग, इन्द्रप्रसाद पाण्डे, मनिषा विक, झरना थापा, खिमा खत्री पाण्डे निर्वाचित भएका छन ।


अधिवेशनवाट केन्द्रिय तथा प्रदेश महाधिवेशनका लागि प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ । सुर्खेत जिल्लावाट केन्द्रिय प्रतिनिधिमा मुकुन्दनाथ योगी, चन्द्रा तिवारी र किशोर शर्मा निर्वाचित भएका छन । त्यस्तै प्रदेश प्रतिनिधिहरुमा लोकसिंह भण्डारी, हरिशर्मा धिताल, उमेशजंग वुढा, प्रयोग वहादुर शाही र रमेश खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कर्णाली प्रदेशको प्रदेश अधिवेशन आगामी चैत्र ११ गते सुर्खेतको वीरेन्द्रनगरमा र केन्द्रीय महाधिवेशन आगामी चैत्र १७ र १८ काडमाण्डौ हुनेछ ।


अधिवेशनको उदघाट्न गर्दै प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले कर्मचारीहरुको ब्यसायिक सिप र क्षमता विकास तथा कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने वताइन । निजामती कर्मचारीले पेशागत मर्यादा र सुसाशन कायम गर्न आफनो भुमिकालाइ थप प्रभावकारी वनाउन आवश्यक भएको केसीको भनाई छ । प्रमुख अतिथि केसीले कर्णाली वनाउने जिम्मा कर्णालीवासीको भएको भन्दै कम्तीमा कर्णालीका कर्मचारीले आफनो प्रदेशमा सेवा गर्ने अठोट लिनुपर्नेमा जोड दिइन ।

सबै कर्मचारी सुगम वस्न रुचाउने तथा दुर्गमा गए कारवाही भएको महशुस गर्ने गलत प्रवृत्ती सधैका लागि अन्त्य गर्नुपर्ने वताइन । सबै कुरा सिस्टममा संचालन गर्ने गरि सरकारले सफटवयरको विकास गरि कर्मचारीको सरुवा लगाएतका कामहरु गर्दा अनुसासित र मर्यादित निजामती कर्मचारी सेवा हुने केसीले विश्वास ब्यक्त गरिन ।


अधिवेशनमा नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक जीत बहादुर राना, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश अध्यक्ष देवेश्वर गिरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सचिवालय सदस्य शरण बहादुर बडुवाल, नविन कुमार शाही , केन्द्रिय सदस्यहरु महाकृष्ण पाण्डे, सत्य भण्डारी, विश्वमंगल शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव दिपेन्द्र शर्मा, प्रगतिशील जनस्वास्थ्यकर्र्मी संगठन कर्णाली प्रदेशका अध्यक्ष कलम खत्री लगाएतका विभिन्न क्षेत्रका कर्मचारीहरुको सहभागिता रहेको नवनिर्वाचित सचिव तिलक प्रसाद चालिसेले जानकारी दिए ।

त्यस्तै अधिवेशनमा नेपाल निजामती कर्मचारी युनियन सुर्खेत अध्यक्ष गणेश थापा, नेपाल निजामती कर्मचारी संगठन सुर्खेत का.वा अध्यक्ष उत्तम अधिकारी, नेपाल निजामती कर्मचारीहरको आधिकारीक ट्रेड युनियन सुर्खेतका उपाध्यक्ष मेघनाथ सापकोटा, संगठनका सुर्खेत जिल्ला पूर्व अध्यक्ष बेचुलाल चौधरी लगाएत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको सचिव चालिसेले वताए ।

अधिवेशनमा वोल्ने अधिकांश वक्ताहरुले कर्णाली प्रदेशले वनाउन लागेको प्रदेश निजामती ऐनलाइ समावेशी वनाउन आवश्यक रहेको वताएका थिए । जसको लागि निमार्ण गर्ने कानुन हो उसैको सहभागतिामा निमार्ण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः 2023-03-10     10:01:30 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *