बुद्ध एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज सिमरा पुगेर काठमाडौं फर्किएको छ । शनिबार बिहान बुद्धको यु ४१३३ जहाजमा समस्या देखिएपछि बाराको सिमरा पुगेको जहाज डाइभर्ट गरी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा आकस्मिक अवतरण गरिएको हो । सुर्खेतका लागि उड्ने तयारीमा रहेको जहाजले धावन मार्ग छाड्न नसक्दा पार्किङ गरिएको थियो ।


तर, आधा घण्टापछि पुनः उडाईएको थियो । उक्त जहाजमा यात्रा गरिरहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले आकाशकम उडिरहेको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौँ मै ल्यान्डिङ्ग गरिएको बताएका छन् । ‘अगाडि नै समस्या देखिए पछि राम्रोसँग चेकजाँच गरेर मात्रै उडाउनुनी । हवाइजहाज जस्तो संबेदनसिल यात्रामा कम्जोर ब्यवस्थापन राम्रो होइन भन्दै प्रश्न गरेका छन् ।’
शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् । ‘शुरुमा धावनमार्ग छोड्न लाग्दा रोकेर पार्किङमा राखियो । अनि ठिक छ भनेर पुन उडाइयो आकाशमा उडिरहेको जहाजमा फेरी समस्या आयो अब ल्यान्डिङ्ग हुँदैछ नआत्तिनु होला भन्ने सूचना आयो । जिन्दगीको पनि कहाँ के भन्ने केहो पत्तो छैन । सरकार ?’


यस्तै, पत्रकार शर्माले नेपाली आकाशमा सुरक्षित रूपमा हवाई यात्रा गर्न नागरिकलाई ढुक्कको वातावरण बनाउन आवस्यक रहेको र बिग्रेको जहाज थाहा हुँदाहुँदै किन उडाउनु ? यस्तो गर्नेलाई कारबाही हुनुपर्ने होइन र ? भन्दै प्रश्न गरेका छन् । विमानमा एक्कासी प्राविधक समस्या देखा परेपछि आकस्मिक अवतरण गरिएकोे बुद्ध एयरले जनाएको छ । हाल उक्त जहाजको प्राविधिक चेक जाँच भई रहेको बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९     9:45:44 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *