सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो अभिव्यक्ति फिर्ता लिए

काठमाडौं–सभामुख देवराज घिमिरेले पत्रकारका सन्दर्भमा केही दिन अघि व्यक्त गरेको आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन । सोमबार आफ्नो कार्यकक्षमा सभामुखले नेपाल पत्रकार महासंघको नेतृत्वबीच छलफल गरेर सो कुराको जानकारी गराएका हुन ।
उनले पत्रकार बिक्री भएको भन्ने अभिव्यक्ति दिदा उनको सर्वत्र विरोध भएको थियो । सभामुखले नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी गराए । सभामुखको अभिव्यक्ति लगत्तै पत्रकार पत्रकार महासंघले फिर्ता न लिए कानुनी तथा दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मितिः 2023-03-21     10:07:36 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *