ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यू


दिपेन्द्र शर्मा
सुर्खेत  । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी बजार नजिक ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएर तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । वुधवार बिहान नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किसोर लम्सालले जानकारी दिए । उनका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन् । ट्रक सडकबाट झन्डै १५० मिटर तल खसेको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र ८, २०७९     7:13:14 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *