जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध हो ः प्रदेश प्रमुख


दिपेन्द्र शर्मा
सुर्खेत ,७ चैत्र / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध भएको वताएका छन । प्रदेश प्रमुख परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको धारणा ब्यक्त गरेका छन ।
५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस २१ मार्च) राष्ट्रिय दिवसको अवसरमा मंगलवार शुभकामना सन्देश दिदैं प्रमुख परियारले जातीय विभेद सामाजिक तथा मानवीयता विरूद्धको अपराध भएको बताएका हुन ।
“नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिदै त्यसलाई निषेध गरेको छ” प्रदेश प्रमुख परियाले भनेका छन । यति हुदाहुदै पनि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन परियाले भनेका छन । छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाचो रहेको छ । यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता पर्दछ, प्रमुख परियारले आफनो शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
प्रमुख परियारले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भएको बताउँदै त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आव्हान समेत गरेका छन् । सबै जात–जाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ’ उनले भनेका छन ।
जातीय तथा रंगभेद उन्मूलन दिवस २१ मार्च) राष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई आग्रह गरेका छन ।

प्रकाशित मितिः 2023-03-22     7:30:48 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *