प्रभा रावत
सुर्खेत ८ बैशाख/ कणार्ली प्रदेशमा तीन महिनाको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएको इन्सेकले जनाएको छ ।
इन्सेक कणार्ली प्रदेश कार्यालय, सुर्खेतले प्रदेशको तीन महिनाको (सन २०२३ जनवरीदेखि २०२३ मार्चसम्म) मानव अधिकार स्थिति सूचक प्रकाशनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेकले सार्वजनिक गरेको मानव अधिकार स्थति सूचक प्रकाशनमा तीन महिनाको अवधिमा गैरराज्यपक्षबाट १ सय दश जना पीडित भएका छन । भने राज्यपक्षबाट ६ जना पीडित भएका छन । यस महिनाको अवधीमा राज्यपक्षबाट पाँच जना पुरुष पीडित भएका छन् भने एकजना महिला पीडित भएका छन । यस अवधीमा कणार्र्लीमा अन्यपक्षबाट ८६ जना महिला गैरराज्य पक्ष (अन्यपक्ष) बाट पिडित भएका छन भने यस अवधीमा २४ जना पुरुष पीडित भएका छन ।
तीनमहिनाको अवधीमा कणार्लीमा धम्कीका दुई, घाइते तीन जना भएको तथ्याङ्कमा उल््लेख छ । २० जना माथी कुटपिट भएको छ । १९ जनाको वालअधिकार हननका घटना भएको तथ्याङ्कमा जनाइएको छ । अमानविय व्यबहार दुई हत्या १२ जनाएको भएको छ । ५७ महिला अधिकार हननका घटना घटेका छन भने आर्थिक सामाजिक तथा सांस्कृती अधिकार उलङ्घनका एक घटना घटेको तथ्याङ्कमा उल्लेख छ ।
प्रत्येक वर्ष झै यस तीनमहिनाको अवधीमा पनि कणार्लीमा मानव अधिकार हननका घटनामा वृद्धी भएको इन्सेक कणार्ली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । प्रदेशमा हुने यस्ता खालका घटनाको कारणको खोजी गरी जिम्मेवार निकायले यस्ताखालका घटना न्युनिकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस अवधीमा चार जनाको परिवारजनबाट हत्या भएकाले परिवारजन पनि यस्ता घटनामा कमी ल्याउन गम्भीर हुनुपर्नेमा अनुरोध गर्नुभएको छ ।