मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न


दिपेन्द्र शर्मा
मंसिर १९ सुर्खेत/सुर्खेतको मनिकापुरमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । एकिकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेत र वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाको संयुक्त आयोजना तथा मनिकापुर सहकारी सस्थाको समन्वयमा शिविर संचालन गरिएको हो । दशौ विश्व माटो दिवस २०२३ को सन्दर्भमा वीरेन्द्रनगर १० मनिकापुर सुर्खेतमा कृषकहरुले संकलन गरेको नमुनालाइ मनिकापुरमै माटो परिक्षण गरिएको छ ।

माटो र पानि जिवनको थालनी भन्ने मुल नारा सहित दशौ विश्व माटो दिवसको अवसरमा कृषकको माटो परिक्षण शिविर संचालन गरिएको प्रयोगशाला प्रमुख परशुराम रावतले जानकारी दिनुभयो । माटोमा भएको अवस्था पहिचान गरी त्यस माटोमा कुन बाली लगाउदा राम्रो हुन्छ भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको प्रमुख रावतले वताउनुभयो ।
कृषकहरुलाई गुणस्तरिय वाली उत्पादनमा वढवा दिनका लागि तथा आम कृषकहरुलाई कृषि क्षेत्रमा आत्मानिर्भर बनाउने उद्देश्यले माटो परिक्षण शिबिर संचालन गरिएको रावतले बताउनुभयो । माटोको पहिचान गरी आधुनिक प्रविधिबाट खेती गर्न आबश्यक भएकाले माटो परिक्षण अनिवार्य रहेको उहाँले बताउनुभयो । विभिन्न ठाँउमा गरिएको माटो परिक्षणले माटोको उर्वराशक्ति ह्रास,प्राङगारिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको हुनाले यसलाई दिर्घकालिनरुपमा वचाउन सबैको भुमिका महत्वपुर्ण हुने रावतले औल्याउनुभयो ।


शिविरमा मनिकापुर सहकारी सस्था वीरेन्द्रनगर १० सुर्खेतको समन्वयमा मनिकापुरका ७५ जना कृषकको जग्गाको माटो परिक्षण गरिएको प्रयोगशालाका सुचना अधिकारी तथा माटो परिक्षण शाखा प्रमुख प्रयोगवहादुर शाहीले जानकारी दिनुभयो ।


कृषकको सहजताका लागि नगरपालिकाले विभिन्न सरोकारवालाहरुसंगको समन्वयमा कृषकको वारिमै गएर माटोको नमुना संकलन तथा परिक्षण गर्ने गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि विकास शाखाका प्रमुख हेमराज केसीले वताउनुभयो । पछ्ल्लिो समय रासायनिक मल र विषादीको बढ्दो प्रयोगले मानव जिबनमा त्यसले ठूलो असर पर्दै गईरहेको हुनाले रासायनिक मलको साटो स्थानीय स्तरमानै उपलब्ध हुने अर्गानिक मलको प्रयोग गर्दा मानव स्वास्थ्यमा फाइदा हुने प्रमुख केसीले वताउनुभयो ।


प्रयोगशाला कृषकको वारीमा गएर माटो परिक्षण शिविर संचालन गर्न तथा नमुना संकलनमा सहजताका लागि माटो परिक्षण घुम्ती प्रयोशाला संचालन पनि गर्दै आएको छ । माटो परिक्षणका लागि आवश्यक जनशक्ति तथा सामाग्रीहरु लिनका लागि प्रयोगशालाले आफनो वससेवा पनि संचालनमा ल्याएको जनाएको छ ।


कार्यक्रममा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका, कृषि अधिकृत विद्या गौतम, कर्णाली प्रदेशका तालिम केन्द्रका प्रमुख पदमवहादुर सुवेदी, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना सुर्खेतका प्रमुख पुष्पराज पौडेल, वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का अध्यक्ष डिलवहादुर रखाल, मनिकापुर सहकारीका पदाधिकारी, कृषि प्राविधिकहरु तथा कृषकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०८०     4:29:43 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *