स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग


दिपेन्द्र शर्मा
सुर्खेत ४ माघ / जाजरकोट शिवालयका किसानले स्थानीय उत्पादनलाई वजारीकरण गर्न माग गरेका छन । गाँउपालिकाको केन्द्रमा रहेको हाट वजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरुले आफनो उत्पादनलाई बजारीकरण गरिदिन माग गरेका हुन ।

शिवालय गाउपालिका जाजरकोटको कृषि तथा पशुपन्छि विकास शाखाको आयोजना तथा साहास नेपाल,पाइला परियोजना शिवालय जाजरकोटको समन्यमा आयोजित हाट बजार संचालन गर्न सरोकारवाला पक्षको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका तरकारी उत्पादक किसानले बजारीकरणको माग गरेका हुन ।


शिवालय २ नेपाका किसान नैनसरा घर्तीले स्थानीय उत्पादनले उचित बजार पाउन नसकेकोले सरकारले बजारीकरणका लागि सहयोग गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो “टनेल निमार्ण गरेर धेरै तरकारीको उत्पादन गरेका छौ तर हाम्रो तरकारीले उचित मुल्य पाउन सकेको छैन, धेरै टाढावाट ढुवानी गरेर ल्याउदा पनि श्रमको मुल्य पाउन समस्या छ, त्यसैले उत्पादनको आधारमा सरकारले बजारीकरणमा सहजीकरण गरेर वस्तुको उचित मुल्यमा विक्रि गर्ने वातावरण निमार्ण गर्नुपर्छ” । घरमा तरकारकिा टनेल छन, बजारीकरण गर्न समस्या भयो, पहिला विक्रि हुन्छ भन्नेभयो उत्पादन धेरै गरियो पछि विक्रि भएन कुहियर खेर गयो , हाम्रो भन्दा सस्तो वाहिरवाट आउछ ताजा अर्गानिक हाम्रो उत्पादनले बजार पाएन उहाँले भन्नुभयो । अब गाँउपालिकाले उत्पादनको आधारमा अनुदान तथा बजारीकरण गरिदिनुपर्ने घर्तिले वताउनुभयो ।


त्यस्तै अर्का किसान कासी घर्तीले पनि उत्पादनका आधारमा बजारकिरण संगै अनुदानको ब्यवस्थापन गर्नुपर्ने वताउनुभयो । हाम्रो वारीमा तरकारी खेर जान्छ,बजारमा ल्याएर विक्री नहुदा घरमा लिनपर्छ त्यत्तिकै खेर जान्छ, अनि हाम्रो तरकारीले मुल्य पाउदैन, त्यसैले अब सरकारले हाम्रो श्रमको मुल्य नघट्ने गरेर बजारीकरणमा सहयोग गर्नुपर्ने माग गर्नुभयो । स्थानीय उत्पादनको दररेट निर्धारण गरेर श्रमअनुसारको मुल्य प्राप्त गर्ने वातावरण मिलाई दिन आग्रह गर्नुभयो ।

शिवालय गाँउपालिका जाजरकोटका अध्यक्ष शेरवहादुर शाहीले स्थानीय उत्पादनलाई वृद्धि गरेर किसानलाई आत्मानिर्भर वनाउन योजना वनाएको वताउनुभयो । किसानको उत्पादनलाई बजारीकरण गर्न गाँउपालिकाले योजना वनाएको भन्दै मागको आधारमा उत्पादन गर्नुपर्ने वताउनुभयो ।

बजारको मागको आधारमा उत्पादन गर्नुपर्छ त्यसको बजारीकरणको जिम्मा सरकारले लिने भन्दै समय अनुसारको उत्पादनमा लाग्न किसानलाई आग्रह गर्नुृभयो । उत्पादनका आधारमा किसानलाई अनुदान दिने वताउदै लगानी, उत्पादनमा आधारित सहुलियत अनुदान दिइने वताउनुभयो ।

प्रविधिद्धारा किसानको उत्पादनलाई दिगोरुपमा बचाउन चिस्यान केन्द्रको निमार्ण गरिने पनि जानकारी दिनुभयो । अर्गानिक तरकारी उत्पादन गर्नुस तपाईको उत्पादनको बजारीकरणको काम पालिकाले गर्छ , ढुक्क भएर पशु तथा कृषि ब्यवसाय गर्नुस तपाइलाई पालिकाले अनुदान दिन्छ । अनुदान लिएर ब्यवसाय संचालन होइन ब्यवसाय संचालन गरेर अनुदान लिन आउनुस अध्यक्ष शाहीले भन्नुभयो ।

 


अन्तरक्रियामा कृषि बजार ब्यवस्थापन समिति सुर्खेका अध्यक्ष टोपेन्द्र जंग शाहीले स्थानीय उत्पादनको पहिचान गरेर उत्पादीत वस्तु र ब्यवसायीको विचमा प्रभावकारी समन्वय भएमा कृषकको उत्पादनले वजार पाउने वताउनुभयो ।
बजारमा माग भएको वस्तुको उत्पादनमा वृद्धी गरेमा किसानको कृषिजन्य वस्तुले उचित मुल्य पाउने वताउनुभयो । किसानको स्थानीय उत्पादनलाई वजारीकरण गर्न सडक विस्तार भएमा किसान र ब्यवसायी विचमा समन्वय र सहकार्य गर्न सकिने वताउनुभयो ।


त्यस्तै कृषि विकास कार्यालय जाजरकोटका प्रमुख महेश आर्चायले उत्पादनसंग बजारलाई जोड्न जरुरी भएकोले सडक विस्तार, प्रोत्साहन तथा कृषि उत्पादनको उचित ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । किसानको उत्पादनलाई बजारीकरण गर्न राज्यले जिम्मेवारी लिए राम्रो हुने वताउदै किसानको उत्पादन अव जलवायु परिवर्तनसंग जोडेर जानुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

त्यस्तै पहाडी क्षेत्र विकास अभियानका प्रमुख रणवहादुर कार्कीले किसानको उत्पादनलाई बजारसंग जोड्न हाट बजार प्रभावकारी माध्याम भएकोले यसको लगानी र ब्यवस्थापनमा सरोकारवालाले ध्यान दिनुपर्ने वताउनुभयो ।
भुमि आयोग जाजरकोटका सदस्य चन्द्रा अधिकारीले किसानले उत्पादन गरेका वस्तुको मुल्यमा एक रुपता नहुदा किसान नै मर्कामा परेकोले उत्पादन, लागत र उपकरण ब्यवस्थापन ध्यान दिए किसानलाई राहत हुने वताउनुभयो ।

साहास नेपालका ब्यवस्थापक हरि अधिकारीले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि किसान लक्षित कार्यक्रम संचालन गरिएको वताउनुभयो । अधिकारीकारीका अनुसार शिवालयमा कृषि उत्पादनलाई वृद्धि गर्न थोपा सिचाई, विउ वितरण लगाएतका कार्यक्रम संचालन गरिएको छ । यसले गर्दा ब्यवसायिक किसानलाई वस्तु उत्पादनमा सहज हुने अधिकारीको भनाई छ ।

किसानको उत्पादनलाई प्रोत्साहन गर्न गाउपालिकाले अनुदान दिने कृषि विकास शाखाका प्रमुख विश्वामित्र शर्माले वताउनुभयो ।  स्थानीय उत्पादनलाई बजारीकरण गर्न, कृषकलाई ब्यवसायीसंग जोडेर ब्यवस्थित ब्यवसाय गर्न, आम कृषकलाई ब्यवसायिक तरकारी खेतीमा आकर्षण गर्न गाउपालिकाले योजना वनाएको वताउनुभयो ।
शर्माका अनुसार गाँउपालिकामा किसानलाई लक्षित गरेर कृषि ऐन,हाटबजार संचालन कार्यविधि पास गरेर कार्यान्वयनमा आएको जानकारी दिनुभयो । ढुवानीमा अनुदान, बजारीकरणमा सहजीकरण, मुल्यको समायोजनको लागि समन्वय लगाएतका काम गाउपालिकाले गर्ने पनि शर्माले जानकारी दिनुभयो ।


त्यस्तै गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलवहादुर बाँठाले कृषि तथा पशुजन्य पदार्थको विक्रिवितरणमा सहजीकरण गरेर किसानको उत्पादनलाई वजारसंग जोडिने वताउनुभयो । कृषि वस्तुसंग पशुजन्य पदार्थको बजारीकरण आवश्यक भएको वताउदै आफनो उत्पादनलाई प्रतिस्पर्दासंग जोडेर विक्रिवितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषि बजार सुर्खेतका ब्यवस्थापक केशर रास्कोटीले किसानले उत्पादन गरेको बस्तुको बजार मुल्यका आधारमा बिक्री गर्नुपर्ने बताउनुभयो । बजारको मुल्य भन्दा गाउमा महङ्गो भए किसानको कृषि बस्तुले उचित मुल्य नपाउने भन्दै उहाले माग अनुसार र बजारमा भएको मुल्यको समायोजन गरेर बिक्री गर्नुपर्नेमा जोड दिनुभयो । अबको बजार प्रतिस्पर्धाको बजार भएको हुदा किसानले पनि त्यसै अनुसारको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

शिवालयमा हाट बजार संचालन

शिवालय गाँउपालिकाको केन्द्र भएको स्थानमा हाट बजार संचालन गरिएको छ । गाँउपालिका किसानले उत्पादन गरेका कृषिवस्तुको विक्रि वितरणमा सहजता ल्याउन हाट बजार संचालन गरिएको हो ।

गाँउपालिकाका अध्यक्ष शेरवहादुर शाहीले आज एक कार्यक्रमका विच किसानका कृषिवस्तुको विक्रिवितरणमा एकरुपता ल्याउन तथा बजारीकरणमा योगदान दिन हाट बजार संचालन ल्याएको जारी दिनुभयो ।
शिवालयका विभिन्न वडामा उत्पादन गरिएका विभिन्न कृषि उत्पादनलाई विक्रि वितरण गर्न प्रत्येक महिनाको १५ गते र मसान्तमा पालिका स्तरिय हाट बजार संचालन गरिने निर्णय भएको कृषि विकास शाखाका प्रमुख विश्वामित्र शर्माले जानकारी दिनुभयो ।
हाट बजारको ब्यवस्थीत रुपमा संचालन गर्न गाँउपालिकाको सहजीकरणमा संचालक समिति निमार्ण गरेर नियमितरुपमा संचालन गरिने प्रमुख शर्मा वताउनुभयो । उहाँका अनुसार कृषकको उत्पादनलाइृ बजारीकरण गर्न सहुलियत अनुदान,भाडामा अनुदान र विउमा अनुदान दिइने छ ।
कार्यक्रममा शिवालयका गाएपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, शिक्षक, किसानहरु,गैरसरकारी सस्थाका प्रतिनिधी, तरकारी ब्यवसायीहरु लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः 2024-02-16     10:31:41 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *