सुर्खेत २७ माघ / कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छन ।
आज शुभकामना सन्देश जारी गदै प्रदेशप्रमुख परियारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसारले समतामुलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका हुन ।
प्रमुख परियारले सोनामल्होसारको अवसरमा कर्णालीबासी लगायत स्वदेश तथा विदेशमा रहेका तामाङ समुदाय लगाएत सबैलाई सन्देश मार्फत शुभकामना पनि दिएका छन ।
प्रमुख परियारले शुभकामना सन्देशमा भनेका छन “ हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता,सामाजिक,सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवद्र्वन गर्दै वर्गिय,जातीय,क्षेत्रीय,भाषिक,धार्मिक,लंैगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक सुनिश्चित गर्न समानुपाकि समावेशी र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्न सोनामल्होसार पर्व नयाँ वर्ष २८६० ले प्रेरणा प्रदान गर्नेछ ।
हरेक बर्ष सोनामल्होसार मन्जुश्री पात्रो अनुसार माघ शुक्लप्रतिपदा देखी पुर्णिमा सम्म तामाङ समुदायले पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रम सहित धुमधामसङ्ग मनाउने प्रचलन छ ।