डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित ‘कर्णालीको मर्म’ माथी परिचर्चा

सुर्खेत २१ माघ/युद्ध पत्रकार डाक्टर दिपेन्द्र रोकायाद्वारा लिखित कर्णालीको मर्म पुस्तक माथीको परिचर्चा गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा रोकायाद्धारा लिखित कर्णालीको मर्म पुस्तकमाथी विचार विमर्श सहित परिचर्चा गरिएको हो ।

पुस्तकमाथी परिचर्चा गर्नका लागि परिचर्चा बक्ताको रुपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दवहादुर सिंह, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रवहादुर शाही र लेखक तथा सामाजिक अभियान्ता डाक्टर नवराज केसीले समिक्षा गरेका थिए ।


कर्णालीको मर्म नामक पुस्तक माथी परिचर्चा गर्दै को समीक्षा गर्दै वालरोग विशेषज्ञ तथा सुन्यको मुल्य पुस्तकका लेखक डाक्टर नवराज केसीले कर्णाली वुझने इच्छा भएका र कर्णालीको वारेमा अध्ययन गर्नेहरुको लागि आधारभुत स्रोत भएको वताए । कर्णाली कस्तो छ भन्नेहरुका लागि आधारभुत ज्ञानको स्रोत कर्णालीको मर्म भन्ने पुस्तक भएको चर्चा गरे ।

युद्ध पत्रकारिता, राजनीतिक खोज अनुसन्धान गर्दै आएको ब्यक्तिले लेखेको पुस्तक अनुसन्धानमुलक भएको धारण ब्यक्त गरे । पुस्तक माथी परिचर्चा गर्दै उनले केन्द्रदेखि मोफसलसम्मको पत्रकारिता क्षेत्रमा देखिएको कमी कमजोरी हेर्ने ऐना भएको उल्लेख गरेका थिए ।

पत्रकारिता जगतबाट भनिएका हरेक कुरालाई आम मानिसले आधिकारिक धारणा बनाउँछन, लेखक रोकायाले कर्णाली प्रदेशमै केन्द्रित भई कर्णालीको भुगोल, जाति, भाषा र साँस्कृतिक अवस्था लाई केलाएर आउनैपर्ने विषयवस्तु समेटेर पुस्तक तयार पारेको उनको भनाइ छ ।

परिचर्चा कार्यक्रममा डाक्टर केसीले लेखक रोकायाले कर्णालीको हिजोको मात्र नभएर आज र भोलिको योजना समेत उल्लेख गरेर पुस्तक आएको वताए । पुस्तकमाथी परिचर्चा गर्दै केसीले छलफलमा आएका विषयवस्तु तथा अन्य आउनैपर्ने तर छुटेका विषयवस्तु समेटेर अर्कोे पुस्तक लेख्न रोकायालाई शुभकामना पनि दिएका छन ।

पुस्तक माथी परिचर्चा गर्दै कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले नेपाल एकीकरणमा कर्णालीले देखाएको विरताको स्मरण गर्दै पुस्तकमा कर्णाली समग्र चित्र आउनुपर्नेमा जोड दिए । कर्णालीको विकासमा महत्वपुर्ण योगदान पुग्ने भन्दै शाहीले धेरै विषयहरु साझारुपमा आएको वताए ।

युद्ध देखि शान्ती हुदै निनी निमार्ण काम गरेका लेखकले लेखेका विषयवस्तु कर्णाली वारे अनुसन्धान गर्नेहरुको लागि निकै सहयोगी हुने विश्वास ब्यक्त गरे । पुस्तकमा लेखकले कर्णालीको इतिहास, विरता, भुगोल, सस्कृती लगाएको गतिलो परिचय दिएको उल्लेख गरे ।


पुस्तकमाथी परिचर्चा गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कर्णालीको माटोमा जन्मीएको युवाले गरेको खोज अनुसन्धान कर्णाली परिवर्तनको महत्वपुर्ण दस्तावेज भएको उल्लेख गरे ।

पुस्तकमा कर्णालीको राजनिति, योजना, विकास र सभ्यताको प्रतिकलाई लेखकले देखाउन खोजेको वताए । युवा पुस्ताको लागि अत्यन्त काम लाग्ने यस्तो दृष्टि लेखकले अगाडी सारेको सिंहले वताए । कर्णालीको मर्म पुस्तकले कर्णाली विकासको रुपरेखा प्रस्तुत गर्न मेहनत गरेको भनाइ छ ।


पुस्तक माथीको परिचर्चा पछि गरिएपछि लेखक डाक्टर दिपेन्द्र रोकायाले समिक्षाको रुपमा आएका रचनात्मक सुझावहरुलाई आत्मासाथ गरेको वताए । कर्णाली वारे गहन अध्ययन गरेर पुस्तक लेखन शुरु गरेकोले भुइ मान्छे देखि युद्ध हुदै कर्णालीको विकासका योजना निमार्णको तहमा पुग्दा समेतको यर्थाथता अनुभुती, भोगाइ अव कसरी अगाडी वढ्न सकिन्छ भनेर कर्णालीको मर्म पाठकका विचमा ल्याएको जानकारी दिए ।

लेखकले सबै क्षेत्रवाट प्राप्त सुझावहरुलाई समेटेर कर्णालीको मर्मको थप अध्ययन दस्तावेजिकरण गर्ने प्रतिवद्धता जनाएका छन । नाफाको जिन्दगी लेखेका रोकायाको कर्णालीको मर्म अनुसन्धानात्मक पुस्तक पाठकका विचमा ल्याएका हुन ।

कर्णाली साहित्य समाज सुर्खेतको आयोजना तथा मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सहकार्यमा पुस्तकमाथीको परिचर्चा गरिएको समाजका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

परिचर्चामा विश्वविद्यालयका प्राध्यापकहरु, विद्याथीहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक अगुवा तथा पत्रकारहरु लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, माघ २१, २०८०     9:46:37 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *