साउन ९ काठमाण्डौ/ काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना करिब ११ बजेतिर दुर्घटना भएको हो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छ ।