प्रभा रावत /लकडाउन !
शब्दले सबैलाई कोभिड १९ को याद दिलाउँछ होला । जसले ४ वर्ष अगाडी विश्वलाई नै तहसनहस बनायो । त्यसमा हाम्रो नेपाल पनि अछुतो रहन सकेन् । जसको प्रभाव नेपालको हरेक क्षेत्रमा पर्न गयो विशेष गरी व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पा¥यो । जसका कारण देशको अर्थतन्त्रमा सिथिलता छायो । आमसर्वसाधारणको जिवनशैलिमा परिवर्तन आयो । देशभर लकडाउन सुरु भयो । सरकारले संक्रमण फैलिन नदिनको लागि देशभर नै आवातजावत बन्द ग¥यो । हिजोअस्ती सम्म सँगै अंगालो मारेर हिड्ने साथीभाई आफन्त बिच दुरी कायम हुन थाल्यो । दैनिकीमा परिवर्तन आयो । सबैतिर डरत्रास फैलिएको थियो । सबैको मनमा डर त्रास थियो । घरपरिवार देखि नै सावधान हुनुपर्ने अवस्था थियो । एकअर्कालाई छुन डराउने, एकअर्कालाई भेटन डराउनुपर्ने, कुनै चिजवस्तु छुन डराउनुपर्ने अवस्था सिर्जना भयो ।
हो यहि विशम परिस्थितीमा जन्म भएको लकडाउन । त्यति छिटो तिम्रो आगमनको परिकल्पना मैले गरेको थिइन् । योजना बिना नै तिमीले मेरोकोखमा बास लिइसकेको रहेछौँ । व्यस्तजिवनशैलीका बिच तिमी मेरो कोखमा आइसकेको सुइको समेत पाउन सकिन् । करिब तीन महिना पुगिसकेको थियो सायद । यस्तो सायदै कसैलाई हुन्छ जो मलाइ भएको थियो । मरो दिनचर्या सामान्य नै थियो । विहान घरको काम । दिउसो अफिस । यसरी नै करिब ७ महिना बितेछन् पत्तो पाइन् । त्यसपछीको दैनिकी बिहान र साँझ करिब दश किलोमिटर हिडडुल गर्दै दश महिना वितेछ । दश महिना बित्दा सम्मको मेरो कोखभित्रको तिम्रो यात्रा र मेरो यात्रा सहज र सरल नै भयो । डाक्टरको सल्लाह अनुसार तिमीले यो धर्तिमा पाइला टेक्ने ऐतिहासिक दिन देशको भाग्यरेखा कोरिएको दिन असोज तीन गते थियो । तर करिब एकहप्ता ढिलाई गरि तिम्रो आगमन भयो असोज १२ गते । स्वास्थ्यमा खासै कुनै लक्ष्यण देखिएको थिएन् तर डाक्टरको सल्लाह बमोजिम असोज ११ गते नै म हस्पिटल भर्ना हुनुपर्ने डाक्टरको सल्लाह थियो । सोही बमोजिम ११ गते साझँ नै म हस्पिटल भर्ना भए । तत्कालै डाक्टरको टोलीले स्वास्थ्य परिक्षण ग¥यो ।
‘यो इलेक्ट्रिक केश हो, यो भोली फस्ट आवरमा गर्नुपर्छ’ यति भनेपछी मलाई वार्डमा सिफ्ट गरियो । एकजना नर्सले नजिकै आएर भन्नुभयो, ‘तपाई यतै आराम गर्नुहोस । अब भोली विहान तपाईको अप्रेशन गरेर बच्चा निकाल्ने, बच्चा ठुलो छ ४ केजी ५ सय ग्राम, अनि बच्चा खेल्न आवश्यक पर्ने पानीको मात्रा पनि कम छ ।’ यति भनेपछी मेरो मनमा एकखालको डर उत्पन्न भयो । इलेक्ट्रिक केश भन्न वित्तिकै म झसंग भए । नर्मल डेलिभरीको लागि मैले गरेको प्रयास व्यर्थ भए झै पनि लागेको थियो । यही कुरा तिम्रो बाबालाई सुनाए ।
यति कुरा सुनाइसकेपछी तिम्रो बाबाको मुहार मलिन भइसकेको थियो । स्वास्थ्यमा कुनै परिवर्तन थिएन् । पीडा दुखाई केही पनि थिएन् । तर भोलीको इलेक्ट्रिक केश भन्ने जुन मनमा एकखालको डर थियो । त्यसले रातभर निदाउन दिएन् । तिम्रो माइली ममिसँग रातभर कर्णाली प्रदेश अस्पतालको परिसरभर हिडडुल गर्दै गफिदै रात वित्यो । बिहानको ६ बज्यो । मनमा एकखालको डर थियो । के हुने होला ? बिहानको करिब ९ बज्यो । अप्रेशन थ्रियटरमा लिनका लागि तयार गरिदै थियो । मन एकदमै आत्तिएको थियो । बिहानको करिब साढे दशबजे अप्रेशन थ्रियटरमा लिने समय भयो ।
घाटी तन्काई तन्काई बाहिर हेर्न थाले । कतै तिम्रो बाबालाई देख्न सक्छु की भनेर । तर नजिकै कतै देखिन । एकदमै डाको छोडेर रुन मन लाग्यो । सकिन् । हिक्क हिक्न गरेको आवाज नर्सको कान सम्म पुगेछ, ‘नडराउनु म्याम केही हुदैन, सामान्य हो ।’
आँखाबाट एकहोरो आशु बगरिहेको थियो । मन बुझाउन सकिरहेको थिइन् । तिम्रो बाबालाई एक पटक दैडिएर गएर अंगालो मारेर बेस्सरी रुन मन थियो । तपाई पनि हिड्नु न म सँगै भित्र, मलाई एक्लै जान डर लागिरहेको छ भन्न मन थियो । तर त्यो सम्भव भएन् । त्यो क्षण सबैभन्दा एक्लो फिल भएको थियो । पापी मन न हो । तिम्रो प्राप्तीका निम्ती म नै रहेन भने यो संसारमा ? तिम्रो र बाबाको चिन्ता बढिरहेको थियो । त्यतिबेला सम्म अप्रेशन थ्रियटरमा लगिसकिएको थियो । तिम्रो बाबालाई एकपटक देख्न मन थियो ।
बेडबाट नै झ्यालबाट बाहिर हेरिरहेको थिए । तर देखिन् । डाक्टरले भन्नुभयो वेडमा पल्टिनुस । मैले डाक्टर सावसँग अनुरोध गरे, ‘मेरो हजवेण्डलाई बोलाई दिनुन्, एकपटक झ्यालबाट भएपनि हेर्छु’ अब एकछिनमा भेटनुहुन्छ । मतलब तिम्रो बाबा खाना खान जानुभएको रहेछ । यति भन्दै गर्दा मेरो शरिरिलाई लाटो बनाउको लागि सुई लगाइसकेको रहेछ । अलि अलि अड्कल भयो । त्यसपछी आँखा मात्र खुलेको थियो । अरु सबै अन्जान थियो । यतिकैमा असोज १२ गते विहान ११ बजेर ६ मिनेटमा तिम्रो जन्म भयो । नजिकैबाट आवाज भयो । तपाइको छोरा जन्मियो । हेर्नुस । मधुरो छाया देखे झै भइरहेको थियो । केहीछिनमा चिर्र चिच्याएको आवाज भयो ।
आँखा झसंग भयो । मन गदगद भयो । त्यो चिच्याहटमा कति आत्मियता थियो । त्यो शब्दमा बयान गर्न सकिन् । यत्तिकैमा एकदम खरोखरो फिल भएको थियो । मैले पानी खाने भनेको याद छ । कतै महिलाको आवाज आयो ।
‘यो भान्साकोठा होइन् त बहिनी ।’
त्यसको केही समयमा मलाई वार्डमा सारियो । हो यही विषम परिस्थितीमा जन्म भएको हो लकडाउन । असोज १२ गते । परिस्थितीले सबैलाई टाडा बनाइदियो । तर घरपरिवार आफन्त सबै तिम्रो आगमनको पर्खाईमा थिए । परिस्थितीले एकअर्का विचको दुरीलाई कायम गर्नुपर्ने अवस्था सृर्जना भयो । हो त्यही समयमा विना कसैको रोकावट तिम्रो आगमन भयो । तिमी तिम्रो बाजेबज्यैको जेठो नाती बन्यौ । तिम्रो काकाकाकीको तिमी जेठो छोरा बिन्यौँ । तिम्रो फुपुहरुको लागि तिमी जेठो भदै बनेर आयौँ । तिम्रो बाबा र मेरो लागि हरथोक बनेर आयौँ । सबैको प्रिय व्यक्ति बनेर आयौँ ।
संक्रमणको त्रासमा सरकारले एकअर्काविच दुरी कायम गरेकै समयमा हो तिम्रो आगमन भएको ।
तिम्रो आगमनले सबै पीडा, डर, चिन्ता हराइसकेको थियो । त्यो दिन मात्र थाहा भयो जिवनमा धेरै र ठुला प्राप्ती मात्र खुसीका आधार होइनन् भन्ने । तिमी नै एउटा अमुल्य खुसीको माध्याम बनेर आयौँ । तिम्रो आगमनले मलाई पुर्ण भएको महशुस गरायो । थप परिपक्क भएको महशुस गरायौँ, थप जिम्मेवारी बहन गर्ने अवसर दियौँ, दशमहिना कोखमा राख्दाको हुने विभिन्न परिवर्तनको अनुभव लिने अवसर दियौँ । तिमीसँगसँगै म पनि व्यवहारिक रुपमा हुर्किदै गरेको मुहशुस गरेको छु । कति धेरै कुरामा अन्जान रहेछु म भन्ने कुरा बुझदैछु । तिम्रो आगमनले मेरो जिवनमा थप पुर्ण र अर्थपुर्ण बन्दै गएको मैले महशुस गरेको छु । तिमीले गर्ने गरेका कतिपय प्रश्नले मलाई नयाँ कुरा गर्न र सिक्ने मौका पाएको छु । तिम्रो हुर्काइ मेरो लागि प्रयोगात्मक पाठशाला बनेको छ ।
उमेरले तिमी चारै वसन्त पार ग¥यौँ । तर कतिपय तिम्रो सोचाई, काम गर्ने शैलि, बोलाई र मन्थनले तिमी मेरो प्रिय प्यारो नजिकको साथी बनिदिन्छौँ । कहिले काँही अनुहार मलिन हुँदा मेरो मनको भाव बुझेर गर्ने तिम्रा प्रश्नले झस्काउँछ । कहिले कसो शरिरिको सन्तुलन नमिल्दा तिमीले देखाउने हेरचाह र प्रेमले अचानक भावुक बनाउँछ । कहिले काँही मन साह्रै एक्लो भइरहेको हुन्छ । जुनबेला ‘म छु त मामु तिम्रो लागि किन चिन्ता लिन्छौँ’ भनि हौसला दिएको देख्दा मेरो जन्म दिने बुवाको अर्को रुप तिमी हौँ जस्तो लाग्छ । तिमी मेरो एक्लोपन हरदमको प्रिय साथी बनेका छौँ । मेरो काम गर्ने शैली, कर्तव्य र जिम्मेवारीलाई पटक पटक तिमीले सम्झाइदिन्छौँ । जसले मलाई आँट, साहास र हौसला बढाँउछ ।
कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन सुरु ग¥यो । २०७७ असोज १२ गते तिम्रो जन्म भयो । महामारीको कारणले धेरैले ज्यान गुमाउनु प¥यो । यसैविचमा तिम्रो जन्म भएको थियो । विशम परिस्थितीलाई मध्येनजर गरेर नै तिम्रो बाबाले तिम्रो नाम नै लकडाउन राखिदिनुभयो । पण्डितले राखिदिनुभएको नाम गृष्म, गृर्माण । तर मेरो र तिम्रो बाबाको लागि तिमी हाम्रो सान हौँ । हाम्रो गौरव हौँ । त्यसैले तिम्रो नाम गौरब रह्यो ।
मेरो लागि यो मौसम अनि यो महिना यसै प्रिय थियो । झनै तिम्रो आगमनले यो मौसम अझ प्रिय लाग्छ । रमाइलो लाग्छ । आनन्दित लाग्छ । यही आन्दित मैसम आजकै दिन हो तिम्रो जन्म दिन, आसोज १२ गते ।
जन्मदिनको शुभकामना छोरा !
जन्मदिनको शुभकामना छोरा !!
तिम्रो चुलबुले पनमा म रम्न चाहान्छु, तिम्रो निस्वार्थपनमा म हराउन चाहान्छु, तिम्रा यी दैनिक यात्रा नजिकबाट हेर्न र महशुस गर्न चाहान्छु छोरा ।
ठुलो होइन् असल र ज्ञानी बन्नु, स्वस्थ, निरोगी बन्नु, तिमीमाथी हाम्रो आशिरर्वाद सदा रहिरहनेछ छोरा ।
बाल्यकालमा मात्र होइन् छोरा, समयले साथ दिदाँ सम्म म तिम्रो नजिक वरपर तिमीसँगै हुने प्रयास गर्नेछु ।
छोरा तिमी जिन्दगीका पहाड चढ्न सक्ने आँट र साहास राख्नु, तिम्रो दुखको इलेजर र खुड्किलो बन्ने प्रयास हामी गर्नेछौँ ।
समय र परिस्थिीतीसँग डटेर सामना गर्न सक्ने हिक्मत राख्नु, साथ हामी दिनेछौँ ।
जिन्दगीको उकालो ओरालीमा कतै पुगेसी साह्रै थकाइ लाग्ला, हिम्मत नहार्नु तिमी धेरै पर छ जानु, चौतारी बनेर अगाडी हामी आउनेछौ छोरा ।
तिमी एक घर परिवारको मात्र असल छोरा नभई, देश र समाजको एक असल पे्ररणादायी देशले नै गर्भ गर्न लायक छोरा बन्नु ।
तिमी फुल जस्तै फर्किनु, धैर्यवान, दुरदर्शी, सकारात्मक सोचविचारले समाजमा सँधै सुगन्ध छरिरहनु ।
जन्मदिनको लाखौँ लाख शुभकामना मेरो छोरा ।