सुर्खेत ३, कात्तिक/ कर्णाली प्रदेशमा रहेका सरकारी कार्यालय तथा संस्थानहरुमा कार्यरत सवारी चालकहरुको सस्था सरकारी तथा संस्थान सवारी चालक एशोसियसनको प्रदेश अध्यक्षमा श्यामप्रसाद देवकोटा निर्वाचित भएका छन ।
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको एशोसियसनको चुनावी साधारणसभाले पुनःदेवकोटालाई अध्यक्षमा सर्वसम्मत चयन निर्वाचत गरेको हो । देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कर्णाली प्रदेशस्तरीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सरकारी तथा संस्थान सवारी चालक एशोसियसनको देवकोटाको अध्यक्षतामा निर्वाचित गरेको नयाँ समितिको उपाध्यक्षमा हरिराम खरेल, सचिवमा गोविन्दप्रसाद सापकोटा, सह–सचिवमा कमलेश रिमाल र कोषाध्यक्षमा लल्लीराम थारू सर्वसम्मत चयन भएको एशोसियसनका नवनिर्वाचित सह–सचिवमा कमलेश रिमालले जानकारी दिए ।
सबैको प्रतिनिधित्व हुने गरि गठन भएको एशोसियसनको कार्यसमितिका सदस्यहरुमा भुपेन्द्र अधिकारी, सन्तोष भण्डारी, मनीराम कडेल, भिम गौतम, वीरवहादुर कार्की र कर्णबहादुर गाइन सर्वसम्मत चयन भएको सह–सचिवमा रिमालले वताए ।
उनका अनुसार एशोसियसनले विभिन्न सल्लाहकारहरु पनि चयन गरेको छ । त्यस्तै एशोसियसनले आफनो वरिष्ठ सल्लाहकारमा टेकनाथ पौडेललाई चयन गरिएको छ । एशोसियसनले विभिन्न समयमा विभिन्न सामजिक तथा अन्य रचनात्मक कार्यहरु गर्दै आएको रिमालले वताए ।