प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम

सुर्खेत २१ पुस/ मध्यपश्चिम विश्वविद्यालयमा अमेरिकी प्राध्यापकको उपस्थितिमा व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) सम्पन्न भएको छ ।

सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको  बीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकका लागि व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम सप्पन्न भएको हो ।

सुर्खेत स्थित तालिम इकाइ हलमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित प्राध्यापकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र शैक्षिक नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक कल्याण तथा शैक्षिक नवप्रवर्तनका लागि स्टिम शिक्षा (SEPWAI) विषयक प्राध्यापक व्यावसायिक क्षमता अभिवृद्धि कार्यक्रम (FPEP) गरिएको हो  ।

कार्यक्रममा एन्ड्रयूज विश्वविद्यालय अमेरिकाकी विज्ञ प्राध्यापक डा. मारियन भि. प्रिन्सले स्टिम शिक्षाको अवधारणा, यसको व्यवहारिक प्रयोग, प्राध्यापकहरूको व्यावसायिक कल्याण तथा समसामयिक शैक्षिक नवप्रवर्तनका विषयमा सहजीकरण गर्नुभएको मध्यपश्चिम  विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।

मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ संयोजक कल्पना पौडेलले कार्यक्रमबाट शिक्षण सिकाइ सीप अभिवृद्धि हुनुका साथै विद्यार्थी–केन्द्रित, अनुसन्धानमुखी र नवप्रवर्तनमैत्री शिक्षण पद्धति विकासमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।


कार्यक्रममा सहजकर्ता डा. मारियनलाई मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्यले विश्वविद्यालयका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो

प्रकाशित मितिः 2026-01-05     10:54:02 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *