
सुर्खेत २० पौष
मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बबई बहुमुखी क्याम्पस, गुलरिया, वर्दीयाको स्थलगत अवलोकन, अनुगमन तथा छलफल सम्पन्न भएको छ ।
मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मी आचार्य र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु ज्ञवाली सहितको संयुक्त टोलीले स्थलगत अवलोकन , अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
स्थलगत अवलोकन, भ्रमण तथा अनुगमनको उदेश्य उक्त क्याम्पसका विविध पक्षमा सरोकारवाला पक्षहरुसङ्ग छलफल गरी उपयुक्त निकास निकाल्नु रहेको थियो भने कार्यक्रममा क्याम्पस प्रमुख, पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा स्ववियू अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
