कर्णालीमा भू–जलाधारका कार्यालय स्थापना

दिपेन्द्र शर्मा

सुर्खेत १५ भाद्र/ कर्णाली प्रदेशमा भू–जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला–जिल्लामा रहेका भूसंरक्षण कार्यालयहरु संघीय संरचनासंगै खुम्चिएका छन् । प्रदेश वन निर्देशनालय अन्र्तगत सुर्खेत र जुम्लामा भू–जलाधार व्यवस्थापन कार्यालय कायम भएका हुन् ।
सुर्खेतमा स्थापना भएको कार्यालयले सुर्खेत, दैलेख र सल्यान जिल्ला हेर्ने भू–जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिवराम अधिकारीले वताउनुभयो । सुर्खेत कार्यालय साबिकको जिल्ला भूसंरक्षण कार्यालयमै स्थापना गरिएको छ । त्यस्तै, जुम्लाले माथिल्लो कर्णालीका पा“च जिल्ला हेर्नेछ । जाजरकोटस्थित भू–जलाधार व्यवस्थापन कार्यालय भने संघ मातहत हुनेछ । जसले पश्चिम रुकुम पनि हेर्नेछ ।
कार्यालय उदघाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले चालू आवमा जलाधार क्षेत्रमा १७ करोड बजेट विनियोजन गरेको भन्दै त्यसको सही सदुपयोग हुने गरी कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।

प्रकाशित मितिः 2018-08-31     2:53:05 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *