उर्जामन्त्री बस्नेतद्वारा भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं, ५ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरी विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
गर्मी बढेर उर्जाको अत्यधिक खपत भइरहेका बेला उर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरीको विद्युतको खपत र आपूर्ती व्यवस्थापनका विषयमा जानकारी लिनुभएको हो ।
सो क्रममा मन्त्री बस्नेतलाई नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ सहकार्यकारी निर्देशक सहितले देशभरको भारत प्रेषणको रियल टायम कन्ट्रोल सिस्टमका बारेमा जानकारी गराउनुभएको थियो ।
उर्जामन्त्री बस्नेतले विद्युत विद्युत उत्पादनको अवस्था, प्रशारण लाइनहरुको अवस्था र ग्रीड सब स्टेशनहरुको अवस्थाका बारेमा पनि जानकारी लिनुभयो । मन्त्री बस्नेतलाई हाल देशका कुन कुन आयोजनाबाट कति उर्जा उत्पादन भइरहेको छ र उक्त उर्जा कसरी वितरण भइरहेको छ भन्ने बारेमा प्राधिकरणका महानिर्देशक घिसिङ सहितको टोलीले रियल टाइम मोनिटरिङ सिस्टम नै देखाएर जानकारी गराउनुभयो ।
भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ती छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।
हाल देशमा प्रशारण लाइनहरु प्रयाप्त मात्रामा बन्न नसक्दा उच्च विद्युत माग भएका औद्योगिक केन्द्रसहितका क्षेत्रहरुमा विद्युत पु¥याउन नसकिएको र पहाडी क्षेत्रका जलविद्युत आयोजनाहरुमा केही आयोजनाहरु कम क्षमतामा चलाउनु परिरहेको छ । प्रशारण लाइन बनाउन विभिन्न अवरोधहरु देखिदै आएका छन् । जसका कारण भार सन्तुलन मिलाउन नेपाल विद्युत प्राधिकरणले कतिपय ठाउँमा भारतबाट विद्युत आपूर्ती गरिरहेको छ भने नेपालबाट भारतमा २५० देखि ३०० मेघावाट बराबरको विद्युत दैनिक भारतलाई बिक्री गरिरहेको छ ।
भार प्रेषण केन्द्रको निरिक्षणका क्रममा मन्त्री बस्नेतले अब प्रशारण लाइनहरुलाई यथाशक्य चाँडो निर्माण गर्ने गरी योजना बनाउन निर्देशन दिनुभयो । त्यसका लागि केही महिना भित्रमा समाधान गर्न सकिन अल्पकालिन योजना र केही वर्षभित्र गरिसक्ने दीर्घकालीन योजना बनाइ अघि बढ्न पनि निर्देशन दिनुभयो । त्यसका लागि मन्त्री बस्नेतले बुधवार नै प्राधिकरण र मन्त्रालयका उच्च अधिकारीसहितको बैठक बोलाउनुभएको छ ।
मन्त्री बस्नेतले नेपालमा हाल धेरै जलविद्युत आयोजनाहरु बन्दै गरेकोले उर्जा उत्पादन धेरै हुने हुँदा विद्युतको निर्यातका अलावा देशभित्रै खपत बढाउन सकिने कार्ययोजनाहरु बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि उर्जा उत्पादन हुने केन्द्र नजिकका क्षेत्रहरुमै कतिपय उद्योगहरु स्थापना गर्न सकिने र त्यहाँसम्म यातायातको सहज पहुँच बनाउने गरी अरु थप योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
प्राधिकरणका महानिर्देशक घिसिङका अनुसार अहिले दैनिक २ हजार मेघावाट बराबरको विद्युत खपत भइरहेको बताउनुभयो .
प्रकाशित मितिः मङ्लबार, असार ५, २०८०     10:16:58 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *