काठमाडौं, १५ पुस/ सन २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन । सन २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकोमा सन २०२३ मा ५८ वटा घटना रेकर्ड भएको नेपाल पत्रकार महासघका महासचिव रोशन पुरीले जानकारी दिए ।
२०२२ को तुलनामा २०२३ मा घटना वढेपछि नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन २०२३ सन्तोषजनक नरहेको महासचिव पुरी वताए । उनका अनुसार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा रेकर्ड भएको घटना अनुसार वढेको हो ।
महासघका महासचिव पुरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरे अनुसार सन २०२३ मा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन । सन २०२२ मा १३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । यो वर्ष ५ वटा सञ्चार संस्था प्रभावित बनेका छन भने २०२२ मा ६ वटा सञ्चार संस्था प्रभावित भएका थिए ।
महासघका महासचिव पुरीले जारी गरेको विज्ञप्तीमा राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्ने लगायतका कार्य सन २०२३ मा भएको भन्दै राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिवद्ध हुन आग्रह गरिएको छ । सन २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सन २०२४ मा महासंघले श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ । महासंघकै संलग्नतामा ड्राफ्ट भएका सञ्चार सम्बन्धी कानुन यथाशीघ्र प्रक्रियामा लैजान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
सञ्चार सम्बन्धी कानुनहरू ल्याउँदा नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक तथा पूर्ण प्रेस स्वतन्त्रता लगायतका व्यवस्था ख्याल गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई महासंघले सचेत गराएको छ ।