बालकुमारी घटनाको उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न कांग्रेसको माग

काठमाण्डौ १५, पुष /सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारबाही गर्ने माग गरेको कांग्रेस केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । तर, कांग्रेसले न्यायिक आयोग गठन गरी मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचारको माग गरेको हो ।

प्रकाशित मितिः आइतवार, पुस १५, २०८०     5:29:19 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *