कर्णाली प्रदेश प्रमुखले दिए तमु ल्होसारको शुभकामना


सुर्खेत १५, पुष
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत शुभकामना ब्यक्त गरेका छन ।
उनले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएकाले गुरुङ समुदायको तमु ल्होसारले भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।


‘लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई देशले अंगीकार गरेको छ,’ उनले भने, ‘त्यसैले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर राष्ट्र हो ।’

उनले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको औल्याए । पर्वको अवसरमा तमु जाती तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न उनले अपिल समेत गरे ।

प्रकाशित मितिः आइतवार, पुस १५, २०८०     5:43:10 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *