‘धोती दिवस’ को र्‍यालीबाट संघियमन्त्री साह पक्राउ


१६ पुस, काठमाडौं / ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍यालीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौमा आयोजित ‘राष्ट्रिय धोती दिवस’ को र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई पक्राउ गरेको हो । निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्री शाहसहित जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी पक्राउ परेका छन । पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।


मधेशी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो ।
सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मितिः 2024-01-01     11:42:17 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *