बालकुमारी घटना ः मृतकका आफन्तले प्रधानमन्त्रीलाई वुझाए ११ वुदे मागपत्र


दिपेन्द्र शर्मा
सुर्खेत १६ पुष / ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई ११ वुदे मागपत्र वुझाएका छन ।
सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मागपत्र वुझाएका हुन ।


सुजन आफन्तले बालकुमारी घटनाको निष्पक्ष छानविनका लागि दवाव दिन जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत सरकारलाई ज्ञापनपत्र वुझाएको मृतकका आफन्त तथा युवा विद्रोह आन्दोलन संघर्ष समिती दैलेखका अगुवा जनक शर्माले जानकारी दिए ।
पिडित परिवारका तर्फवाट सरकारले गठन गरेको छानविन समिति खारेज गरि स्वतन्त्र निष्पक्ष न्यायिक समिति गठन गर्नुपर्ने माग गरिएको शर्माले वताए । उनका अनुसार सरकारलाई वुझाएको मागपत्रमा मृतकलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनको सुरुवात हुनको कारण पत्ता लगाई दोषी उपर कारवाही गर्न, उचित क्षतिपूर्ति दिनुपर्ने विषय समावेश गरिएको छ ।

त्यस्तै दोषीलाई कारबाही कारवाही गर्नुपर्ने, मृतकका परिवार एक जनालाई रोजगार दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, आन्दोलनका क्रममा वेपत्ता पारिएकाहरुको खोजि गरि स्थिती सार्वजनिक गरिनुपर्ने, पक्राउ परेकालाई विनासर्त रिहाई, मृतकका आफन्तको इच्छा अनुसारको सदगदको ब्यवस्था गर्नुपर्ने, लगायतका विभिन्न मागहरु रहेका छन ।


आज दिनभर सुर्खेत र दैलेखमा आन्दोलनरत आफन्तले जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ संगै विभिन्न विषयहरु समावेश भएको मागपत्र पेश गरेका थिए ।
ललितपुरको बालकुमारीमा भएको घटनामा दैलेखको महावु गाउँपालिका वडा नंं ६ का सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । हत्या विरोधमा आज दैलेख र सुर्खेतमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

प्रकाशित मितिः सोमवार, पुस १६, २०८०     6:14:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *