भारतले सिधा २० करोड लगानी गर्ने विषय गलत ः अध्यक्ष थापा


सुर्खेत २० पुष/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदूतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधान गलत भएको वताएका छन । राजदूतावास मार्फत आफना योजनाहरुहरुमा २० करोड सम्म सिधै लगानी गर्न पाउनुले राष्ट्रियता कमजोर हुने थापाले वताएका हुन ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतीय दूतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको भन्दै यसको विरोध गरेका छन ।

अध्यक्ष थापाmे नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा सिधा योजनामा खर्च गर्ने भएपछि राप्रपा नेपालले आपत्तिजनक रुपमा खेद प्रकट गरेको बताए । ‘सिधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ’ थापाले भने । नेपाल सरकार मार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्ने उनले वताए । नेपाल सरकारले ठुलो गल्ती गरेको भन्दै विकासमा भारतले सीधा हात हाल्नु गलत भएकाले तत्काल सच्चाइनुपर्ने आफ्नो पार्टीको माग भएको थापाको भनाइ छ ।

भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपालमा आएर भएको १० हजार मेगावाट विद्युत व्यापार सम्झौता सकारात्मक थापाले बताए । ‘भारतीय बजारमा नेपाली विद्युतको पहुँच हुनु राम्रो हो, थापाले भने । ‘विगतमा आफूले लगानी गरेको विद्युत आयोजनाबाट मात्र लिनेमा अहिले अन्य लगानीबाट उत्पादन भएको विद्युत भारतीय बजारमा लैजाने सम्झौता प्रंशसिय छ ।

प्रकाशित मितिः 2024-01-05     8:23:39 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *