राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा उदघाटन ः पहिलो खेलमा मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी

सुर्खेत २० पुष / कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजित ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा मधेश,एपीएफ, लुम्बिनी र आर्मी क्लव विजयी भएका छन ।
पहिलो चरण अन्तर्गत मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाइ, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाइ, त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई र सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई पराजित गरेको छ ।
आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ अन्तरमा पराजित गराएको छ । त्यस्तै त्रिभुवन आर्मी क्लबले घरेलुु टोली कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै, लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

शनिबार हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछ । जसमा नेपाल पुलिस र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, मधेश प्रदेश, कोशि प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन ।

प्रकाशित मितिः 2024-01-05     9:18:02 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *