सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण ः मन्त्रि जिसी


दिपेन्द्र शर्मा
सुर्खेत २१ पुष / कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णवहादुर जिसीले नागरिकको सुरक्षीत यात्राका लागि ट्राफिक प्रहरीको भुमिका महत्वपुर्ण हुने वताउनुभएको छ । नियम विपरित जाने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरेर सुरक्षित र ब्यवस्थीत यात्रा गराउनु ट्राफिक प्रहरीको दायित्व भएको मन्त्री जिसीले वताउनुभयो ।

शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय सुर्खेतको समन्वयमा आयोजित मर्यादित यातायात सेवाका लागि सवारी चालक तथा सहचालकहरुसंग अन्तरक्रिया कार्यक्रममा उक्त कुरा वताउनुभएको हो ।

कार्यक्रममा नागरिकमैत्री सेवा प्रवाह गरेर ट्राफिक प्रहरी पावरमा चल्छ भन्ने आरोपको अन्त्य गर्नुपर्नेमा मन्त्री जिसीले जोड दिनुभयो । सडक दुर्घटना कम गर्नको लागि कर्णालीका सडकलाई स्तरउन्नती गर्न आवश्यक भएको भन्दै मन्त्री जिसीले सरकारले फराकिलो सडक निमार्णमा ध्यान दिने वताउनुभयो । प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्किङको समस्याले सडक दुर्घटना वढ्ने भन्दै त्यसलाई कम गर्न ब्यवस्थीत वैकल्पिक पार्किङको छलफल भइरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नान्तीराज गुरुङले सार्वजनिक गाडीमा महिलाहरु माथी यौन दुब्र्यवहार हुने गरेको वताउदै यसको अन्त्य गर्न चालक र सहचालकको भुमिका महत्वपुर्ण भएको औल्याउनुभयो ।

“ गाडीमा यौन दुब्र्यवहार हुने गरेको ब्यापक सुनिने गरेको छ, यसलाई अन्त्य गरि दोषीलाई कारवाही गर्न चालक र सहचालकले प्रहरीलाई सहयोग गर्नुपर्छ, किनकी कसले कसलाई कसरी हिंशा गरेको भन्ने कुरा सहचालकलाई थाहा हुन्छ, त्यो कुरा राजमार्गको ुसुरक्षामा हुने प्रहरीलाई भन्नुपर्छ , अनि दोषीहरुलाई कारवाही हुन्छ” उहाँले भन्नुभयो । महिला आफैले यात्राका क्रममा धेरै कुराहरु भन्न नसकिरहेको अवस्थामा चालक तथा सहचालकले गाडिमा यौन तथा अन्य हिशा गर्नेलाई कारवाहीको लागि प्रहरीलाई सुचना दिनुपर्ने उपरीक्षक गुरुङको भनाई छ । चालक तथा सहचालकवाट सुचना प्राप्त गर्ना साथ ठाँउको ठाँउमा प्रहरीले दोषीलाई कारवाही गर्ने वताउनुभयो ।

त्यस्तै कार्यक्रममा पत्रकार गणेशकञ्चन भारतीले कर्णालीमा सडक दुर्घटना हुनुमा सडक फराकिलो नहुन,कच्ची सडक बढि हुनु,गाडीमा इन्जिन कमजोर हुनु, रुटप्रमिट विना गाडी संचालन हुनु तथा सवारी चालकको लापरवाहीका कारण सडक दुर्घटना हुने गरेको भन्दै यसलाई अन्त्य गर्न सरकार तथा ट्राफिक प्रहरी जिम्मेवार भएर लाग्नुपर्ने वताउनुभयो । कर्णालीका राजमार्गलाई मृत्युमार्गवाट नाम हटाउन ट्राफिक प्रहरीले आफनो सेवा प्रवाहलाई प्रभावकारी वनाउनेपर्नेमा भारतीले जोड दिनुभयो ।

कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । यातायात कार्यालय सुर्खेतका प्रतिनिधि तथा ट्राफिक कार्यालयका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी रोशन शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार सरकारी तथा सस्थान र सार्वजनिक सवारी साधनका सवारी चालक, सहचालकहरु, ट्राफिक प्रहरी, पत्रकार लगाएतका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, पुस २१, २०८०     4:26:41 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *