नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरु

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी रहेको छ । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरिरहनु भएको छ ।

यो वर्ष अर्थतन्त्रका लागि अवसर खेर फालिएको वर्ष’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३० –प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाउनुभएको छ । सम्बोधनका क्रममा उहाँले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको …

जहाँ सरकार त्यहाँ भष्ट्राचार, अब कहाँ गएर दिने होला चित्रगुप्तलाई बयान ? : अध्यक्ष प्रचण्ड

काठमाडौं , असार ३०– संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताउनुभएको छ । उहाँले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भन्नुभयो, “मेरो नेतृत्वको …

स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३०–प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणालीमा देखिएको बेथितिलाई केवल प्रशासनिक कमजोरीको रूपमा नभई गम्भीर राष्ट्रिय अनुसन्धानको विषयका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । संघीय संसदमा भएको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, …

कर्णालीमा ६४ प्रतिशत मात्रै बजेट खर्च

सुर्खेत २७, असार / कर्णाली प्रदेशको वजेट खर्च अरु प्रदेशको तुलनामा कमजोर देखिएको छ । चालु आवमा वजेट खर्चमा खासै प्रगती गरेको देखिदैन । कर्णाली प्रदेश सरकारले कुल वजेटमा चालु आवमा ६४ प्रतिशत मात्र खर्च गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा कुल बजेटको ६४.८२ प्रतिशत बजेट …

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड

१४ असार, भक्तपुर \नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि …

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिदै आएको छु : अध्यक्ष प्रचण्ड

१३ असार, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी हुनुभयो । कार्यक्रममा …

संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड

११ असार, २०८२ – काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा …

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर, १० असार २०८२ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले …

प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना

काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दीर्घकालीन रणनीति र सक्रिय पहलका कारण पुनः सुरु भई निष्कर्ष तर्फ अघि बढिरहेको छ । नेपालमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक चासो पञ्चायती शासन अन्तर्गत २०३०–४० …