कर्णालीको पहिलो आधार अर्गानिक कृषि ः मन्त्री केसी

सुर्खेत १९,बैशाख /कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार अर्गानिक कृषि भएको वताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको वुलवुले कृषि वजार ब्यवस्थापन समितिको भवनको औपचारिक उद्घाटन गर्नुहुदै मन्त्री केसीले प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषि भएको वताउनुभएको हो । कार्यक्रममा …

कर्णालीमा माछाको सम्भाब्यता अध्ययन

सुर्खेत १४,बैशाख /कर्णाली प्रदेशमा मत्स्य पालन तथा मत्स्य ब्यवस्थापन सम्बन्धी सम्भाब्यता अध्ययन गरिएको छ । यु.यस.एड. पानी कार्यक्रमको सहयोग तथा नेपाल मत्स्य समाजले कर्णालीका विभिन्न जिल्लामा माछा पालनको सम्भाब्यता सम्बन्धी अध्यन गरेको हो । नेपाल मत्स्य समाजले गरेको अध्ययनले कर्णाली प्रदेशमा माछा व्यवसायको राम्रो सम्भावना रहेको देखाएको कर्णाली प्रदेश सरकारका …

कर्णालीका जिल्लामा नेकपाका अध्यक्ष र सचिव को को भए सुचि सहित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व …

कर्णालीमा साढे चार लाख पर्यटक

सुर्खेत ८, बैशाख /कर्णाली प्रदेशमा साढे चार लाख पर्यटकले भ्रमण गरेका छन । कर्णाली प्रदेशको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २०७५ बैशाख १ गते देखि २०७६ बैशाख १ गते सम्म कर्णालीमा चार लाख ७६ हजार एक सय ५५ जना आन्तरिक तथा वाह्य पर्यटकहरुले भ्रमण गरेको …

कर्णालीमा १२ प्रतिशत वजेट खर्च

सुर्खेत ७, बैशाख चालु आ.व.को नौ महिनामा कर्णाली प्रदेशले १२ प्रतिशत मात्र वजेट खर्च गरेको छ । कर्णाली प्रदेश सरकारको योजना तथा वजेट कार्यान्वयनको अवस्थाको वारेमा जानकारी दिन आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आर्थीक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारले चालु आ.व.को प्रथम नौ महिनामा १२ प्रतिशत खर्च …

बन्दुक भन्दा पत्रकारको कलम बलियो ः मन्त्री ज्वाला

दिपेन्द्र शर्मा सुर्खेत ६, बैशाख / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बन्दुक भन्दा पत्रकारको कलम बलियो हुने गरेको वताउनुभएको छ । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको शुक्रवार सुर्खेतमा समापन गर्दै मन्त्री ज्वालाले बन्दुक भन्दा पत्रकारको कलम बलियो हुने भएकाले पत्रकारहरुले समाज परिवर्तनको महत्वपूर्ण भूमीका खेल्नु पर्ने वताउनु …

कर्णालीमा किसान सरकार कार्यक्रम संचालन

सुर्खेत २९,चैत्र / कर्णालीमा किसान सरकार हातेमालो कार्यक्रम संचालन हुने भएको छ । कर्णालीको गरिवी लाई अन्त्य गर्नका लागी किसान सरकार हातेमालो कार्यक्रम संचालन गरिएको सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका १० वटा जिल्लाका सबैभन्दा गरिब स्थानीय तह …

कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी शुरु

दिपेन्द्र शर्मा सुर्खेत २०, चैत्र / कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी मेला पहिलो पटक शुरु भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मूल नारासहित ६२ औं राष्ट्रिय सहकारी दिवस एबम प्रथम कर्णाली प्रदेश स्तरिय प्राङ्गारीक कृषि उपज प्रदर्शनी मेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज …

अर्गानिक उत्पादनमा लगानी गर्न आग्रह

सुर्खेत १८ ,चैत्र/कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैकहरुलाई कर्णालीको अर्गानिक उत्पादनमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा मन्त्रालयद्धारा आयोजित कृषि क्षेत्रमा सहुलियतपुर्ण ऋण लगानी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको अर्गानिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न …

कर्णालीमा खाद्य उत्पादन विधेयक टेवुल

सुर्खेत, ५ चैत्र /कर्णाली प्रदेशमा खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न वनेको विधेयक टेवुल गरिएको छ । कर्णाली प्रदेशसभाको हिउदे अधिवेशनको छैठौ वैठकमा सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेशको ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा टेबुल गरेकी हुन …