प्राङगारिक विधेयक तर्जुमाका लागि सुझाव संकलन

सुर्खेत, ३१ असार । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राङ्गारिक विधेयक तर्जुमाका लागि सुझाव संकलन शुरु गरेको छ । प्रदेश राजधानी सुर्खेतको बीरेन्द्रनगरमा मन्त्रालयले एक कार्यक्रमको आयोजनागरी प्राङ्गारिक कृषि र पशुजन्य उत्पादन एवं विषादी नियन्त्रण सम्बन्धी विधेयक तर्जुमाका गर्न सुझाव संकलन गरेको हो । सुझाव संकलनमा विज्ञहरुले …

साईकल यात्री बाँनिया नगरप्रमुखद्वारा सम्मानित

विनोद कुमार घर्ती जाजरकोट ३१, असार । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकास घर्तीले साइकलद्धारा नेपाल भ्रमणमा रहेका ओमप्रकाश बानियाँलाई सम्मानित गनुभएको छ । बाँनिया जाजरकोट आएको सन्दर्भमा भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले १५ हजार नगद , सिफासिर ,खादा सहित मायाको चिनो प्रदान गनुभयो । बैशाख १९ मा आफ्नो यात्रा सुरु गरेका …

कर्णालीका महिलाद्धारा पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग

सुर्खेत ३१ असार /कर्णालीका महिलाहरुले पुर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गरेका छन । नेकपा निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) ले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय बैठक प्रशिक्षण तथा सम्मान कार्यक्रममा सहभागी कर्णालीका महिलाहरुले राज्यको मुल प्रवाहमा महिलाको सहभागीता कमी भएको भन्दै नेपाल संविधान संशोधन गरेर …

राउटेलाई पहिलो पटक स्थायी परिचयपत्र

दिपेन्द्र शर्मा सुर्खेत ३० असार, पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाको गुराँस गाउँपालिका –८ स्थित पातलेखोलामा वसोवास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाँउपालीकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो । स्थायी परिचयपत्रका आधारमा राउटे …

कर्णालीमा शक्तिशाली भुमि आयोग गठन गर्न माग

  सुर्खेत ३० असार । कर्णाली प्रदेशमा शक्तिशाली भुमि आयोग गठन गर्न सरकारवालाले माग गरेका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कर्णाली प्रदेशमा भुमी सम्बन्धी समस्या समधानका लागी सुझाव संकलन कार्यक्रममा सहभागीहरुले कर्णाली प्रदेशमा शक्तिशाली भुमि आयोग गठन गर्न …

आँप वेचेर कापीकलम

दिपेन्द्र शर्मा सुर्खेत २८ असार । वराहताल गाँउपालीका ८ सुर्खेतकी हिमा रोकाया दिउसोको समयमा सुर्खेत– जुम्ला सडकमा आँप बेच्नमा व्यस्त हुन्छिन् भने विहानै उठेर कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा आवत जावत गर्नेहरुका लागी सडकमा आँप, केरा राखेको डालो वोकेर वेच्न पुग्छीन । दिन भरि आँप केरा वेचेर कमाएको पैसाले उनि …

कर्णाली प्रदेशले वर्षेनी ४५ करोड व्ययभार थेग्नुपर्ने

  दिपेन्द्र शर्मा सुर्खेत २६ असार / कर्णाली प्रदेश अहिले पनि गरिब प्रदेशका रुपमा चित्रित छ । मानव सुचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत जनसंख्या निरपेक्ष गरिब …

८० हजार घुस सहित इन्जिनियर पक्राउ

सुर्खेत २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इन्जिनियर अन्जय कुमार देवलाई ८० हजार घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिंचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराई दिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगद सहित पक्राउ गरिएको अख्तियारका …

गाउँपालिकाको निति बिपरित विद्यार्थी भर्ना लिन लगाउने स्रोत ब्यक्ति विवादमा

जाजरकोट २४ असार । गाउँपालिका तथा गाउँ शिक्षा समितिको निति विपरित विद्यार्थी भर्ना लिन लगाउने स्रोत ब्यक्ति कमलराज वस्नेत विवादमा तानीएका छन । जिल्लाको कुशे गाँउपालीकाले लिएको निति र कार्यक्रम बिपरित मर्ज गरिएको बिद्यालयमा भर्ना लिन लगाएकाले विवादमा तानिएका हुन । गाँउपालीकाको निति विपरित विद्यार्थी भर्ना लिन लगाएको विद्यालयमा स्रोत …

कर्णालीका स्थानियतहका पदाधिकारीले सेवा सुविधा पाउने

दिपेन्द्र शर्मा सुर्खेत १९ असार /कर्णाली प्रदेशका अन्तरगतका स्थानीयतहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन । कर्णाली प्रदेश सभाको आजको वैठकले कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधा सम्वन्धि व्यावस्था गर्न वनेको विद्येयक २०७५ सर्वसम्मतले पारित गरेपछि सेवासुविधा पाउने भएका हुन । केन्द्रले स्थानीय पदाधिकारीको सेवा सुविधाको लागि पठाएको …