मुख्यमन्त्रीको चरित्रहत्या गर्न प्रायोजित समाचारको सहारा

जेठ २३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई वेलावखत भ्रष्ट्राचारिको आरोप लाग्छ । पछिल्लो वेला रारा कर्णाली पर्यटन वर्ष उद्घाटन कार्यक्रममा ७८ लाख भ्रष्टाचार गरेको भनि सामाजिक संजालमा एकप्रकारको हुईया नै मच्चाईएको छ । मुख्यमन्त्रीले आफुले गरेको भ्रष्ट्राचार लुकाउन भ्रष्ट्राचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई गिरफतार गराएको आरोप लगाउन पनि …

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

दीपेन्द्र शर्मा सुर्खेत, २२ जेठ /कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु. १ करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेशसभामा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने नीति …

शाहीलाई यातना दिइएको होइन ः डिआइजी शाह

सुर्खेत २० जेष्ठ /आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरी जनाएको छ । शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिदै शाहीलाई हिरासतमा नराखेको वताएको हो । पक्राउ परे लगत्तै …

कर्णालीमा दलित आयोग गठन गर्न माग

सुर्खेत,१८ जेष्ठ /कर्णालीका जनप्रतिनिधिहरुले दलित आयोग गठन गर्न माग गरेका छन । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित दलित मानव अधिकार प्रवद्र्धनका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णालीका जनप्रतिनिधिहरुले कर्णालीमा दलित आयोग गठन गर्न माग गरेका हुन । प्रदेशको कुल जनसंख्या मध्ये २४ प्रतिशत दलित समुदायको वसोवास रहेकोले प्रदेश स्तरिय दलित …

कर्णाली सरकारले दियो किसानलाई भैंसी

सुर्खेत, २३ बैशाख /कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो । मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैंसी हस्तान्तरण गरेको हो । …

कर्णालीमा कृषि तथ्याङक संकलन गरिने

सुर्खेत २१ ,बैशाख / कर्णाली प्रदेशका जिल्लाहरुमा कृषि तथ्याङक संकलन गरिने भएको छ । भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङक संकलन गर्न प्रदेशका सबै स्थानीयतहका प्रमुख ÷उप –प्रमुख र प्रमुख प्रसाशकिय अधिकृतहरु छलफल तथा अन्तरक्रिया गरेको छ । मन्त्रालयले आज स्थानीय तहसंग कृषि तथ्याङक संकलन प्रशोधन,प्रविष्टि,अभिलेखीकरण र ब्यवस्थापन …

सहकारी संस्थाहरुलाई सञ्चालक केन्द्रीत नहुन आग्रह

सुर्खेत २०,बैशाख /भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारी संस्थाहरु सञ्चालकमात्र नभई शेयर सदस्य केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रको प्रर्वद्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले सहकारी संस्थाहरुले विपन्न नागरिकलाई वित्तीय सेवा उपलब्ध गराउन जोड दिनुभएको हो । मन्त्री केसीले …

कर्णालीका जिल्लामा नेकपाका अध्यक्ष र सचिव को को भए सुचि सहित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व …

कर्णालीमा १२ प्रतिशत वजेट खर्च

सुर्खेत ७, बैशाख चालु आ.व.को नौ महिनामा कर्णाली प्रदेशले १२ प्रतिशत मात्र वजेट खर्च गरेको छ । कर्णाली प्रदेश सरकारको योजना तथा वजेट कार्यान्वयनको अवस्थाको वारेमा जानकारी दिन आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आर्थीक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारले चालु आ.व.को प्रथम नौ महिनामा १२ प्रतिशत खर्च …

बन्दुक भन्दा पत्रकारको कलम बलियो ः मन्त्री ज्वाला

दिपेन्द्र शर्मा सुर्खेत ६, बैशाख / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बन्दुक भन्दा पत्रकारको कलम बलियो हुने गरेको वताउनुभएको छ । गोरखापत्रको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको शुक्रवार सुर्खेतमा समापन गर्दै मन्त्री ज्वालाले बन्दुक भन्दा पत्रकारको कलम बलियो हुने भएकाले पत्रकारहरुले समाज परिवर्तनको महत्वपूर्ण भूमीका खेल्नु पर्ने वताउनु …